२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
निर्वाचन विशेष

बैतडीका पालिका प्रमुखहरूले शपथ लिने

नव निर्वाचित पालिका प्रमुखहरूले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन्। शुक्रबार दिउँसो १ बजे दशरथचन्द नगरपालिकाको हलमा १० वटै स्थानीय तहका प्रमुखहरूले जिल्ला न्यायाधीश तिलकबहादुर कार्कीबाट शपथ लिने कार्यक्रम रहेको छ।

पालिका प्रमुखहरूले निर्वाचित भएको सात दिनभित्र सम्बन्धित जिल्लाका न्यायाधीशबाट पद तथा गोपनीयताको शपथ लिने कानुनी व्यवस्था रहेको छ। यस्तै पालिकाका उपप्रमुख, उपाध्यक्ष, वडाध्यक्ष तथा सभाका सदस्यहरूले सम्बन्धित पालिकाका प्रमुखसँग शपथ लिनुपर्ने कानुनी व्यवस्था रहेको छ।

जिल्लाका १० वटा स्थानीय तहमध्ये काँग्रेस र एमालेले समान ४/४ तथा नेकपा माओवादी केन्द्र र स्वतन्त्रले एकएक स्थानीय तहको प्रमुख पदमा जित हासिल गरेका छन्।

जिल्लाको दशरथचन्द नगरपालिकाको प्रमुखमा एमालेका पुष्करराज जोशी (लख्खाभाइ), पाटन नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका गौरीसिंह रावल, मेलौली नगरपालिकाको प्रमुखमा नेकपा माओवादी केन्द्रका भीमबहादुर चन्द (भूकम्प) र पुर्चौडी नगरपालिकाको प्रमुखमा काँग्रेसका दीपकबहादुर बम विजयी भएका छन्।

यस्तै जिल्लाको सुर्नया गाउँपालिकाको अध्यक्षमा एमालेका अम्मरबहादुर कुँवर, दोगडाकेदार गाउँपालिकाको अध्यक्षमा एमालेका चक्रबहादुर कार्की, पञ्चेश्वर गाउँपालिकाको अध्यक्षमा एमालेका गोरखबहादुर चन्द, शिवनाथ गाउँपालिकाको अध्यक्षमा काँग्रेसका कर्णसिंह साउँद, सिगास गाउँपालिकाको अध्यक्षमा काँग्रेसका हरिसिंह धामी र डिलासैनी गाउँपालिकामा स्वतन्त्रका सन्तोषप्रकाश जोशी विजयी भएका छन्।

प्रकाशित: ६ जेष्ठ २०७९ ०१:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App