१ चैत्र २०८२ आइतबार
image/svg+xml
निर्वाचन विशेष

तिलोत्तमामा कांग्रेसका खाण अगाडि

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा नेपाली काँग्रेसले अग्रता कायम राखेको छ। १० हजार ५९८ मत  गणना हुँदा नेपाली काँग्रेसका रामकृष्ण खाणले ४ हजार १६९ मतसहित अग्रता कायम राखेका छन्।  

एमालेका मोहन चापागाइँले ३ हजार ८६७  मत पाएका छन्। बिहीबार बिहान १० बजेसम्मको गणनामा काँग्रेसका खाणले ३०२ मतले अग्रता लिएका छन्। उपमेयरमा एमालेका जागेश्वरी चौधरीले ३ हजार ६७१  मतसहित अगााडि छन्। गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका हेमन्त पाण्डेले १ हजार ८९८ मत पाएका छन्। मत गणना जारी छ।  

यसअघि गणक बसेका तिलोत्तमा नगरपालिकाका कर्मचारीले रुख चिन्हमा आएको मत घटाउने र सुर्य चिन्हमा आएको मत बढाउने गरेको पाइएपछि मंगलबार बिहानैदेखि तिलोत्तमाको मत गणना रोकीएको थियो। 

मत गणनामा बसेका तिलोत्तमा नगरपालिकाका कर्मचारी गणक गणेश गौतमले सुर्य काँग्रेसका उम्मेदवारले पाएको १४१ मतको अभिलेख राख्दा घटाएर ११४ बनाएको र एमालेलाई आएको २५९ मतको अभिलेख राख्दा बढाएर १९५ राखेका थिए। 

सत्ता गठबन्धका पाँच दलसहित राप्रपा र राष्ट्रिय जनमुक्ति पार्टीले कर्मचारीले बदमासी गरेका वडाको पुन मतगणनाको माग गरेका थिए। निर्वाचन आयोगले सात दलको मागको सुनुवाइ गर्दै वडा नं.२ र १६ को पुन:मतगणना गर्न भनेपछि गएराति अबेरदेखि बल्ल गणना सूचारु भएको हो।

प्रकाशित: ५ जेष्ठ २०७९ ०५:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App