२७ मंसिर २०८२ शनिबार
image/svg+xml
निर्वाचन विशेष

दुधौलीको मेयरमा माओवादीबाट अधिकारी र उपमेयरमा कांग्रेसका थारु निर्वाचित

सिन्धुलीको दुधौली नगरपालिकामा सत्ता गठबन्धनबाट माओवादी केन्द्रका  दिनेश अधिकारी दनुवार मेयर पदमा निर्वाचित भएका छन्। 

यस्तै उपमेयरमा कांग्रेसका चन्द्रकिशोर थारु निर्वाचित भएका छन्। मेयरमा निर्वाचित अधिकारी दनुवारले १५८३८ मत पाउ“दा निकटतम प्रतिस्पर्धी एमालेका लक्ष्मण कार्कीले १०६५२ मत पाएका थिए। 

निर्वाचित अधिकारी दनुवार ०७४ मा एमालेसंग झिनो मतान्तरले पराजित भएका थिए। उपमेयरमा कांग्रेसका थारुले १४ हजार २ सय १३ मत प्राप्त गर्दा एमालेकी बालकुमारी अधिकारी दनुवारले १० हजार ६ सय ११ मत पाइन्। 

१४ वटा वडा रहेको दुधौलीमा १,३,४,५,६,७, र ८ नं वडा कांंग्रेस,२,९,१०,११ एमाले र १२,१३,१४ माओवादी केन्द्रले जित हात पारेको छ। 

प्रकाशित: ४ जेष्ठ २०७९ १६:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App