२१ असार २०८१ शुक्रबार
image/svg+xml
निर्वाचन विशेष

जोशीपुर गाउँपालिकामा नागरिक उन्मुक्ति जित नजिक

कैलालीको जोशीपुर गाउँपालिकामा करिब ६ सय मत गणना हुन बाँकी रहँदै नागरिक उन्मुक्ति पार्टीको जित निश्चित भएको छ। प्रतिस्पर्धी भन्दा धेरै मतान्तर भएपछि जित निश्चित भएको हो।  

पछिल्लो मत परिणाम अनुसार नागरिक उन्मुक्तिकातर्फबाट अध्यक्ष पदका उम्मेदवार रहेका चित्रबहादुर चौधरीको ४ हजार ७७६ मत छ भने प्रतिस्पर्धी नेपाली काँग्रेसका बन्सराम बडायकको ३ हजार २६५ मत मात्रै रहेको छ। राप्रपाका भीमबहादुर बमको ३ हजार ७० मत छ।  

उपाध्यक्षमा नागरिक उन्मुक्तिकै रेखादेवी कठरियाको ४ हजार ५ सय मत रहेको छ। उनका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका दीर्घराज बिनाडीको ३ हजार ७२२ मत छ।  

नागरिक उन्मुक्तिले वडा १, ३, ४ र ५ मा वडाध्यक्षसहित पूरै प्यानल जितेको छ। वडा १ को वडाध्यक्षमा रामचन्द्र चौधरी, वडा ३ को वडाध्यक्षमा रेणुकुमारी डगौरा, वडा ४ को वडाध्यक्षमा राम जनम चौधरी र वडा नं। ५ को वडाध्यक्षमा अनरकुमार चौधरी विजयी भएका छन्। त्यस्तै वडा २ मा भने जसपाका विष्णुप्रसाद डगौरा र वडा ६ मा माओवादी केन्द्रका भोजराज डगौरा विजयी भएका छन्।  

जोशीपुर नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री रामजनम चौधरी र नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेशका उपसभापति तथा पूर्वराज्यमन्त्री जनक चौधरीको पालिका हो। यहाँ २०७४ को स्थानीय तहको निर्वाचनमा काँग्रेसले अध्यक्ष र उपाध्यक्षसहित अधिकांश वडामा जितेको थियो।

प्रकाशित: ४ जेष्ठ २०७९ १६:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App