८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
निर्वाचन विशेष

विराटनगर महानगरपालिका: ३ हजार बढीले काँग्रेसका कोइराला अगाडि

विराटनगर महानगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका नागेश कोइराला ३ हजार ३ सय ६९ बढी मतका साथ अग्र स्थानमा छन्।  

कोइरालाले १४ हजार ६१ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका सागर थापाले १० हजार ६ सय ९२ मत प्राप्त गरेका छन्। स्वतन्त्रका उमेश यादवले ४ हजार ५ सय १ मत प्राप्त गरेका छन् भने राप्रपाका प्रह्लाद साहले २ हजार ८ सय ९४ मत प्राप्त गरेका छन्।  

त्यस्तै, उपप्रमुखमा एमालेकी शिल्पा निराला कार्कीले १२ हजार २ सय ३२ मत प्राप्त गरेकी छन्। उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनततर्फबाट जसपाका अमरेन्द्र यादवले ७ हजार ४ सय ४० मत प्राप्त गरेका छन्। राप्रपाकी विन्दा लुइँटेल आचार्यले ३ हजार ४ सय ७० र स्वतन्त्रकी नमिता न्यौपानेले २ हजार ५ सय ४९ प्राप्त गरेकी छन्। हालसम्म ४४ हजार ५ सय ६८ मत गणना भइसकेको छ।

प्रकाशित: ४ जेष्ठ २०७९ ०८:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App