२९ वैशाख २०८१ शनिबार
image/svg+xml
निर्वाचन विशेष

तानसेनमा गठबन्धन विजयी

मेयरमा कांग्रेसका श्रेष्ठ र उपमेयरमा माओवादीकी सिंजाली

पाल्पा जिल्ला सदरमुकाम तानसेनमा नेपाली कांग्रेसका उम्मेदवार सन्तोषलाल श्रेष्ठ नगर प्रमुखमा विजयी भएका छन्। यस्तै उपप्रमुख पदमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार प्रतिक्षा सिंजाली विजयी भएकी छिन्।  

पाँच दलीय गठबन्धनका तर्फबाट विजयी सन्तोषलाल श्रेष्ठले ११ हजार २ सय ७३ मत प्राप्त गरी विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमाले पाल्पाका अध्यक्ष समेत रहेका धनेन्द्रराज घिमिरेले १० हजार ३ सय ९४ मत प्राप्त गरे।

यस्तै उपप्रमुखमा माओवादीकी प्रतिक्षा सिंजालीले ११ हजार १ सय ५१ मत प्राप्त गरि विजयी भइन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी शशी श्रेष्ठले १० हजार ३ सय ७२ मत प्राप्त गरिन्।  

कुल १४ वटा वडा रहेको तानसेन नगरपालिकाको वडा नं. १, २, ३, ४, ५, ६, ७, ११ र १२ मा नेपाली कांग्रेस विजयी भएको छ। यस्तै वडा नं. ८, ९, १० र १४ मा नेकपा एमाले विजयी हुँदा वडा नं. १३ मा नेकपा माओवादी केन्द्र विजयी भएको छ ।  

कुल ३३ हजार ७ सय ६९ मतदाता रहेको तानसेनमा २३ हजार २ सय ५३ मत खसेको थियो।

प्रकाशित: ४ जेष्ठ २०७९ ०१:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App