७ वैशाख २०८१ शुक्रबार
निर्वाचन विशेष

नुवाकोटको ८ स्थानीय तहको मतगणना सकियो

नुवाकोटको ८ वटा स्थानीय तहको मतगणना सकिएको छ। मतगणना सकिएको स्थानीय तहहरुमा तादी गाउँपालिका, तारकेश्वर गाउँपालिका, म्यागङ गाउँपालिका, किस्पाङ गाउँपालिका, सूर्यगढी गाउँपालिका, ककनी गाउँपालिका, लिखु गाउँपालिका र दुप्चेश्वर गाउँपालिका  रहेको छ।

ती मध्ये  तादी गाउँपालिका र  तारकेश्वर गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेस र उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ। म्यागङ गाउँपालिका, सूर्यगढी गाउँपालिका र लिखु गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष नै नेपाली कांग्रेसले जितेको छ। त्यस्तै किस्पाङ गाउँपालिकामा नेकपा (एमाले) अध्यक्षमा र उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ। ककनी गाउँपालिका र दुप्चेश्वर गाउँपालिकाको अध्यक्ष उपाध्यक्षमा नै माओवादी केन्द्र विजयी भएको छ।

तादी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका सन्तमान तामाङ, उपाध्यक्षमा नेकपा (माओवादी) केन्द्रकी सञ्जु प्याकुरेल, तारकेश्वर गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका शिव अधिकारी, उपाध्यक्षमा माओवादी केन्द्रका हरिप्रसाद रिमाल, किस्पाङ गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले) का बिरबल तामाङ, उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र)का अर्जुन न्यौपाने विजयी भएका छन्।

त्यस्तै नेपाली कांग्रेसबाट म्यागङ गाउँपालिकाको अध्यक्षमा आशा तामाङ, उपाध्यक्षमा सीता तामाङ,  सूर्यगढी गाउँपालिकाको अध्यक्षमा सन्तबहादुर घले र उपाध्यक्षमा मञ्जु बुढाथोकी, लिखु गाउँपालिकाको अध्यक्षमा धु्रव श्रेष्ठ र उपाध्यक्षमा शुभद्रा अधिकारी विजयी भएका हुन्।

तारकेश्वर गाउँपालिकामा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकिकृत समाजवादी) बिच गठबन्धन रहेको थियो भने किस्पाङ गाउँपालिकामा नेकपा (एमाले र नेकपा (माओवादी केन्द्र) बिच गठबन्धन रहेको थियो।

सूर्यगढी गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष, म्यागङ गाउँपालिकाको अध्यक्ष र लिखु गाउँपालिकाको अध्यक्ष दोश्रो कार्यकालको लागि विजयी भएका हुन्। त्यस्तै ककनी गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका सुमन तामाङ र उपाध्यक्षमा मिठुमाया तामाङ विजयी भएका छन्। दुप्चेश्वर गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका शंकर थापा र उपाध्यक्षमा माकुरी तामाङ विजयी भएका छन्।

यो समाचार तयार पार्दा सम्म जिल्लाको १२ स्थानीय तह मध्ये पञ्चकन्या गाउँपालिका, शिवपुरी गाउँपालिका, विदुर नगरपालिका र वेलकोटगढी नगरपालिकामा मतगणना जारी रहेको छ।

प्रकाशित: ३ जेष्ठ २०७९ १५:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App