coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
निर्वाचन विशेष

धरान उपमहानगरपालिकाः गठबन्धनको अग्रता कायमै

धरान उपमहानगरपालिकामा मेयरमा गठबन्धनबाट कांग्रेसका उम्मेद्वार किशोर राईको अग्रता कायमै छ।

सोमबार साँझ साढे ६ बजेसम्म २१ हजार ८४ मत गणना सकिदा उनी स्वतन्त्र उम्मेद्वार हर्क साम्पाङ भन्दा ५९७ मतले अगाडि छन्। गठबन्धनका उम्मेद्वार राईले ६०२३ मत प्राप्त गरेका छन् भने स्वतन्त्र उम्मेद्वार साम्पाङले ५४२६ मत प्राप्त गरेका छन् । नेकपा एमालेकी उम्मेद्वार मञ्जु भण्डारीले ५२५१ मत प्राप्त गरेकी छिन्।

उपमेयरतर्फ पनि गठबन्धनका उम्मेद्वार अइन्द्रबिक्रम बेघा २३६ मतले अगाडि छन्। बेघाले ६७६३ मत प्राप्त गरेका छन् भने एमालेका उम्मेद्वार पदम इस्वोले ६५२७ मत प्राप्त गरेका छन्।

धरानमा हालसम्म वडा नं १, २, ३, ४, ५, ६ र ७ को मतगणना सम्पन्न भइसकेको छ भने वडा नं ८, ९, १०, १९ र २० को मतगणना भइरहेको छ।

प्रकाशित: ३ जेष्ठ २०७९ १३:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App