२ चैत्र २०८२ सोमबार
image/svg+xml
निर्वाचन विशेष

काँग्रेस केन्द्रीय सदस्यको वडामा नागरिक उन्मुक्ति विजयी

नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री रामजनम चौधरीको वडामा कांग्रृसकै वडाध्यक्षका उम्मेदवार हारेका छन्।  

जोशीपुर गाउँपालिका वडा नं. ४ मा काँग्रेसका तर्फबाट उम्मेदवार रहेका लखनलाल चौधरी विजयी उम्मेदवारसँग आधा भन्दा कम मत ल्याएर पराजित भएका छन्। उनले ५९९ मत मात्रै प्राप्त गरेका छन्। सो वडामा नागरिक उन्मुक्ति पार्टीका रामजनम चौधरी प्यानलसहित वडाध्यक्षमा विजयी भएका छन्। 

उनले १ हजार ४३४ मत प्राप्त गरेका छन्। साथै सोही वडामा महिला सदस्यमा सुमित्रा चौधरी, दलित महिला सदस्यमा दिलमाया विश्वकर्मा, खुल्ला सदस्यहरुमा सञ्चित चौधरी र वेफराम डगौरा विजयी भएका छन्।  

वडाध्यक्षका अन्यप्रतिस्पर्धी मध्ये राप्रपाका दानबहादुर चौधरीले १५८, जसपाका गणेशप्रसाद चौधरीले ५७ र स्वतन्त्र उम्मेदवार शेरबहादुर कुश्मीले २० मत प्राप्त गरेका छन्।

प्रकाशित: ३ जेष्ठ २०७९ १३:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App