coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
निर्वाचन विशेष

चर्चित नेताको वडामा कांग्रेस पत्तासाफ, स्वतन्त्रको प्यानलनै विजयी

नीलकण्ठ नगरपालिका वडा नं ८ मा कांग्रेसका बागी उम्मेद्वारको प्यानल नै विजयी भएको छ। नेपाली काँग्रेस धादिङका प्रभावशाली नेता एवं नीलकण्ठ नगरपालिकाको निवर्तमान मेयर भीम प्रसाद ढुंगानाकै वडामा रुख चिन्हले लज्जास्पद हार व्याेहाेरेको हो। ढुंगाना अहिले पनि काँग्रेसबाट मेयरका प्रत्यासी रहेका छन्।  

यद्यपि वडाको मतगणनाको नजिता हेर्दा वडा अध्यक्षमा मेयर ढुंगानाको समर्थन स्वतन्त्र उम्मेद्वारलाई नै रहेको प्रष्ट देखिएको छ। किनकी स्वतन्त्र उम्मेद्वारले पाएको मत भन्दा २ सय १६ बढी मत मेयरमा ढुंगानाले पाएका छन्। बागी उम्मेदवार श्रेष्ठले वडा अध्यक्षमा ११ सय ५३ ल्याउदा मेयरमा ढुंगानाले १३ सय ३९ मत पाएका छन्। यो वडामा २२ सय ८८ मत खसेको थियो।

स्वतन्त्र उम्मेद्वारको रुपमा यसअघि नेपाली काँग्रेसबाटै वडा सदस्य जितेर कार्यपालिका सदस्य रहेका प्रकाशकुमार श्रेष्ठ पार्टीबाटै टिकट लिने होडबाजीमा थिए। नेपाली काँग्रेसले यस अघि वडा सदस्य नै रहेका रमेश कोइरालालाई टिकट दिएपछि श्रेष्ठ बागी बनेका थिए।  

प्राप्त मत परिणाम अनुसार भुईकटहर चुनाव चिन्ह पाएका श्रेष्ठले ११ सय ५३ मत पाउँदा नेपाली कांग्रेसका आधिकारिक उम्मेद्वार रमेश कोइरालाले ३ सय ६३ मत मात्रै प्राप्त गरेका छन्। यस वडामा सधै एमालेलाई दोब्बर भन्दा बढी मत अन्तरले पराजित गर्ने काँग्रेसले यस पटक एमालेलाइ पनि उछिन्न सकेन।

नेकपा एमालेका उम्मेद्वार जीत बहादुर कुमालले ४ सय २ मत पाउँदा माओवादी केन्द्रका बद्री सुवेदीले १ सय मत प्राप्त गरे। वडा सदस्यहरुमा वडा सदस्यहरुमा स्वतन्त्रबाट दुर्गा अधिकारीले ११ सय १८ मत, विमला बराइलीले ११ सय ४० मत, उमेश मगरले १ हजार ८५ मत र छविप्रसाद काप्री १ हजार १८ मत प्राप्त गरेका छन्।

पार्टीभित्रको आन्तरिक गुट र असतुष्टीका कारण नेपाली काँग्रेस नीलकण्ठ–८ बाट पत्तासाफ भएको छ। यसले वर्तमान मेयरका प्रत्यासी समेत रहेका भीम प्रसाद ढुंगानालाई र नेपाली काँग्रेसको नेतृत्वलाई नैतिक रुपमा कमजोर बनाएको छ।  

नेपाली काँग्रेसको गढको रुपमा परिचित नीलकण्ठ नगरपालिका वडा नं ८ मा अर्काे रोचक कुरा के छ भने वडाको सबै पदमा पार्टीभित्रको आन्तरिक विवादका कारण काँग्रेसले उम्मेद्वारी नै दिन सकेको थिएन। काँग्रेस पार्टीकोतर्फबाट वडा अध्यक्षमा मात्रै उम्मेद्वारी दर्ता भएको थियो। 

प्रकाशित: ३ जेष्ठ २०७९ १०:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App