१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
निर्वाचन विशेष

देवघाट गाउँपालिकामा गठबन्धनलाई सफलता

तनहुँमा स्थानीय तहको प्रमुख उपप्रखुममा नेपाली कांग्रेस र माओवादी केन्द्रको गठबन्धनलाई सफलता मिलेको छ। देवघाट गाउँपालिकाको अध्यक्षमा तिलबहादुर थापा विजयी हुदैँ खाता खोलेका छन्। नेपाली कांग्रेसका थापाले चार हजार ३०६ मत पाएर विजयी भएका हुन्।

उनी ८२० मतान्तरको साथमा विजयी भएका हुन्। उनका निटतम प्रतिष्पर्धी नेकपा एमालेका अध्यक्षका उम्मेद्वार दुर्गबहादुर थापाले तीन हजार ४८३ मत ल्याए। थापा अघिल्लो निर्वाचनमा विजयी भएर गाउँपालिका अध्यक्ष बनेका थिए। दोस्रो कार्यकालका लागि जनपरिक्षणमा होमिएका उनी सफल हुन सकेनन्।

उपाध्यक्षमा माओवादी केन्द्रका भुवनसिंह गुरुङ निर्वाचित भएका छन्। अघिल्लो पटक माओवादी केन्द्रको तर्फबाट अध्यक्षमा उम्मेद्वारी दिएका गुरुङ पराजित भएका थिए। यसपाली कांग्रेससँग गठबन्धन गर्दैै उपाध्यक्षमा उम्मेद्वारी दिएका गुरुङ २५४ मतान्तरले विजयी भए। 

गुरुङले तीन हजार ७२१ मत पाए भने एमालेकी सावित्री न्यौपानेले तीन हजार ४६७ मत पाईन् । न्यौपाने अघिल्लो पटक पनि पराजित भएकी थिइन्। उनले नेपाली कांग्रेसकी विमला थापासँग एक मतान्तरले पराजय व्यहोर्नु परेको थियो।

देवघाट गाउँपालिका–१ को वडाध्यक्षमा नेकपा एमालेका मनिराज गुरुङ, वडा नम्बर २ को वडाध्यक्षमा नेपाली कांग्रेस मिनबहादुर राना, ३ मा नेपाली कांग्रेसका टेकबहादुर आले, ४ मा नेकपा एमालेका मित्रलाल गुरुङ र ५ मा नेपाली कांग्रेसका पुर्णबहादुर कुवँर विजयी भएका छन्।

प्रकाशित: २ जेष्ठ २०७९ १३:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App