७ आश्विन २०८१ सोमबार
image/svg+xml
निर्वाचन विशेष

दुई स्वतन्त्रसहित ताप्लेजुङमा ४३ वटा वडाको नतिजा आयाे

ताप्लेजुङका ६१ वटा वडाहरुमा जनप्रतिनिधि चयनको क्रममा यसपटक सिमित नतिजा आएको छ। एमालेले २१ जना वडाध्यक्ष जितेको छ।

नेपाली कांग्रेसले ११ वटा वडाध्यक्ष जित्दा माओवादी केन्द्रले ६ वडा वडाध्यक्ष जितेको छ। नेकपा एसले २ वटा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्वद्ध संघीय लिम्बूवान राज्य परिषद्ले १ वटा वडाध्यक्ष जितेको छ।

सिरिजङ्गा गाउँपालिका वडा नं ७ खेवाङमा वडाध्यक्षसहित ५ जनानै स्वतन्त्र रुपमा निर्वाचित हुँदा सिदिङ्वा ४ साब्लाखुमा ४ सदस्यीय स्वतन्त्रबाटै निर्वाचित भएका छन्। फक्ताङ्लुङ गाउँपालिका वडा नं ७ बाट यसअघि नै वडाध्यक्ष सहितका ५ जना स्वतन्त्र रुपमा निर्विरोध चयन भइसकेका छन्। ताप्लेजुङमा ६१ वटा वडा रहेका छन्।

प्रकाशित: २ जेष्ठ २०७९ ०९:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App