५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
निर्वाचन विशेष

बारपाक सुलिकोट गाउँपालिकामा माओवादी केन्द्र विजयी

गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन्।

गाउँपालिका अध्यक्षमा विष्णु भट्ट र उपाध्यक्षमा सनमाया गुरुङ विजयी भएका हुन्। अध्यक्ष भट्टले ५७१९ र उनको प्रतिद्वन्द्वी कांग्रेसका जितबहादुर घलेले ४८६४ मत ल्याए। यस्तै उपाध्यक्षमा विजयी गुरुङले ५७६५ मत ल्याइन् भने प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी लेखमाया रानाले ४५७५ मत ल्याइन्।

अध्यक्ष र उपाध्यक्ष दुवै दोस्रो कार्यकालका लागि बारपाक सुलिकोटमा निर्वाचित भएका हुन्।

वडा नम्बर २,४, ५,६,७,माओवादी केन्द्र विजयी बनेको छ भने वडा नम्बर १, ३, ८ मा नेपाली कांग्रेस विजयी बनेको छ।

प्रकाशित: २ जेष्ठ २०७९ ०४:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App