१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
निर्वाचन विशेष

भरतपुरमा कडा प्रतिस्पर्धाः १५ मतले रेनु पछाडि

चितवनको भरतपुर महानगरपालिकाको प्रमुख पदमा एमालेका विजय सुवेदीले अग्रता कायमै गरेका  छन्। 

९ हजार ४४२ मतगणना हुँदा सुवेदीले नेकपा माओवादी केन्द्रकी रेनु दाहाललाई १५ मतको झिनो अन्तरले पछि परेका हुन्। सुवेदीले ३ हजार ३४२ मत प्राप्त गरेका छन्। सुवेदीलाई पछ्याउँदै दाहालले ३ हजार ३२७ मत ल्याएकी छिन्।

यसअघि वडा नम्बर एकको मतगणना सकिँदा रेनु १२१ मतले अघि थिइन्। स्वतन्त्र   रुपमा उमेद्वारी दिएका जगन्नाथ पौडेलले पनि आफ्नो मत बढाउँदै लागेका छन्। पौडेलले १ हजार २०४ मत ल्याएका छन्।  

यस्तै उपप्रमुखमा कांग्रेसका चित्रसेन् अधिकारीले ३ हजार ७१६ मत ल्याएका छन्। अधिकारीलाई पछ्याउँदै राप्रपाकी हिमाल गुरुङले २ हजार ६६५ मत  प्राप्त गरेकी छन्। अहिले भरतपुर ३ को मतगणना भएको छ।

प्रकाशित: २ जेष्ठ २०७९ ०१:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App