बिहीबार भएको प्रतिनिधि सभा सदस्य निर्वाचनपछि पछिल्लो मतगणनाको परिणामअनुसार विभिन्न राजनीतिक दलका उम्मेदवारहरू विजयी हुँदै गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीले विभिन्न स्थानमा विजय प्राप्त गरेको छ।
संघीय संसदको यात्राको लागी भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले विभिन्न प्रदेशबाट १९ जना उम्मेदवार विजयी भएका छन्। जसमा देशका कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न निर्वाचन क्षेत्रबाट जित हासिल गरेका छन् । नयाँ राजनीतिक शक्तिको रूपमा उदाएको रास्वपाले पुराना दललाई चुनौती दिँदै प्रतिनिधि सभामा आफ्नो उपस्थितिलाई बृहत बनाएको छ।
जसमा रास्वपाले कोशी प्रदेशका दुई निर्वाचन क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विजयी भएका छन्। मोरङ क्षेत्र नं ४ बाट सन्तोष राजवंशीले ४० हजार ८३३ मतसहित विजयी भएका छन् भने मोरङ क्षेत्र नं ६ बाट रुबिना आचार्यले ५५ हजार ५१३ मतसहित विजयी हुदै संसदीय यात्रा तय गरेकी छिन्।
त्यसैगरी मधेश प्रदेशबाट पार्टीले दुई स्थानमा विजय हासील गरेका छ। धनुषा क्षेत्र नं ३ बाट मनिष झाले ४३ हजार ९८८ मतसहित विजयी भएका छन् भने महोत्तरी क्षेत्र नं १ बाट प्रमोद कुमार महतो ३४ हजार ६३६ मतसहित विजयी हुदै प्रतिनिधिसभाको यात्रा तय गरेका छन् ।
बागमती प्रदेशमा पनि रास्वपाले बृहत रुपमा जित हासिल गरेका छ । बागमती प्रदेशको काठमाडौं क्षेत्र नम्बर १ देखी १० सम्म रास्वपाले आफ्रनो स्थान पक्का गरेको छ । जसमा काठमाडौं क्षेत्र नं १ बाट रन्जु न्यौपाने १५ हजार ४५५ मतसहित विजयी हासिल गरेकी छिन् भने क्षेत्र नं ३ बाट राजु नाथ पाण्डेले १८ हजार ७५७ मत सहित विजय भएका छन् । त्यसैगरी क्षेत्र नं ४ बाट पुकार बमले २९ हजार १४२ मत प्राप्त गरेका छन् भने क्षेत्र नं ५ बाट सस्मित पोखरेल ३० हजार ७३७ मत सहित विजय हासिल गरेका छन् ।
त्यसैगरी रास्वपाबाट नै काठमाडौं क्षेत्र नं ७ बाट गणेश पराजुलीले २७ हजार ८०५ मत प्राप्त गर्दै विजय भएका छन् भने क्षेत्र नं ८ बाट विराज भक्त श्रेष्ठ २४ हजार ५९२ मत , क्षेत्र नं ९ बाट डोल प्रसाद अर्याल ३५ हजार ०९३ मत, क्षेत्र नं १० बाट प्रदिप विष्ट ३७ हजार ४६९ मत र चितवन क्षेत्र न २ बाट रवी लामिछानेले ५४ हजार ४०२ मत प्राप्त गर्दै संसदीय यात्रामा लागेका छन् ।
गण्डकी प्रदेशका तीन निर्वाचन क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीले जित हात पारेको छ। जसमा कास्की क्षेत्र नं २ बाट उत्तम प्रसाद पौडेल ३१ हजार ९११ मत, कास्की क्षेत्र नं ३ बाट बिना गुरुङ ३७ हजार ७५० मत, स्याङ्जा क्षेत्र नं १ बाट धनन्जय रेग्मी २९ हजार ०७१ मतसहित विजयी भएका छन्।
यता लुम्बिनी प्रदेशमा पनि रास्वपाले तीन स्थानमा सफलता हासिल गरेको छ। रूपन्देही क्षेत्र नं ४ बाट कन्हैया बनिया २८ हजार ०६६ मत, बाँके क्षेत्र नं १ बाट सुरेश कुमार चौधरी ३२ हजार ७९२ मत, बाँके क्षेत्र नं ३ बाट खगेन्द्र सुनार २९ हजार ५५१ मतसहित विजयी भएका छन्।
प्रकाशित: २३ फाल्गुन २०८२ ०८:१९ शनिबार

