२ चैत्र २०८२ सोमबार
image/svg+xml
धर्म/संस्कृति

तलेजुमा एकान्तकुमारी एवं गणकुमारीको पूजा

यहाँको प्रसिद्ध तलेजु मन्दिरमा जीवितदेवी मानिने एकान्तकुमारीसहित ११ गण कुमारीको पूजा गरिएको छ।

हरेक वर्ष आश्विन शुक्ल नवमीका दिन कुमारी जात्राका साथ एकान्तकुमारी र गणकुमारीको पूजा गर्ने प्रचलनअनुरुप तलेजुमा पूजा गरिएको तलेजुको मूल नाइके नरेन्द्रप्रसाद जोशीले जानकारी दिए।

तलेजुको प्रतिमूर्तिका रूपमा पुजिने एकान्तकुमारी लुनिभा बज्राचार्यलाई तलेजुको आगमघरमा ल्याएर पूजा गरी जात्रा मनाइएको उनले जानकारी दिए। कुमारीको चतुब्रह्म महाविहारमा पूजा सकेर तलेजुमा विराजमान गराइएको थियो।

आज ५४ वटा बोका, ३२ वटा राँगा र २४ वटा हाँसको बलि दिई तलेजु जात्रा मनाइएको छ। मूल पुरोहितले  तलेजुमा मांसाहुती दिने परम्परा छ। तलेजुलाई आज देवगृहबाट स्थानान्तरण गरी आगमघरमा विराजमान गराइसकेपछि जात्रा सम्पन्न हुन्छ।

प्रकाशित: १५ आश्विन २०८२ १२:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App