१९ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
धर्म/संस्कृति

सप्तमीका दिन पाथीभरा मन्दिरमा साढे बाह्र सय भक्तजन

<br>

बडादसैँको सातौँ दिन सोमबार ताप्लेजुङस्थित प्रसिद्ध शक्ति पीठ पाथीभरा मन्दिरमा १ हजार २ सय ५६ जना दर्शनार्थी पुगेका छन्।

पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङका अनुसार आइतबारको तुलनामा सोमबार ३ सय ८० बढी भक्तजन मन्दिर पुगेका हुन्। शनिबार यस सिजनकै सबैभन्दा धेरै २ हजार २ सय २६ जनाले दर्शन गरेका थिए। त्यस्तै, गत शुक्रबार १ हजार २ सय ६७ जना भक्तजन मन्दिर पुगेको समितिले जनाएको छ।

नवरात्रको समयमा पाथीभरा मन्दिरमा दर्शनार्थीको भीड बाक्लिने गर्छ। यस वर्ष अघिल्लो वर्षको असोज महिनाभन्दा निकै ठुलो संख्यामा भक्तजन आएका समितिले जनाएको छ। अघिल्लो वर्ष असोज महिनाभर ५ हजार ९ सय ४९ जनाले मात्र दर्शन गरेका थिए।

प्रकाशित: १३ आश्विन २०८२ १६:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App