२६ आश्विन २०८३ सोमबार
image/svg+xml
धर्म/संस्कृति

आजको ग्रहफल : तपाईंको दिन कस्तो रहला ?

असोज २६ २०८३, सोमवार
१२ अक्टोबर, २०२६
नेपाल संवत् ११४६ कौलाथ्व द्वितीया
असोज शुक्ल द्वितीया

१. मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
शुभ दिन छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। काममा पारिवारिक सहयोग प्राप्त हुनेछ। 

२. वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
शत्रु परास्त हुनेछन्। सिर्जनात्मक काममा सफलता प्राप्त हुनेछ। कार्य क्षेत्रमा सफलता मिल्नेछ। 

३. मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आत्मविश्वाससाथ काम गर्नुहोला। सिर्जनात्मक काममा रुचि बढ्नेछ। आकस्मिक यात्रा हुन सक्छ। 

४. कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
अनावश्यक चिन्ता नलिनुहोला। कर्ममा जोड दिनुहोस्। स्वास्थ्यमा ख्याल गर्नुहोस्। 

५. सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
दाजुभाइ मिलेर काम गरिनेछ। पराक्रम बढ्नेछ। सहकार्यले काममा सहजता मिल्नेछ। 

६. कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
प्रतिस्पर्धात्मक दिन बन्न सक्छ। दृढतासाथ काम गर्नुहोस्। लगानी गर्दा विचार पुर्‍याउनुहोला। 

७. तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
दिन शुभ रहनेछ। सिर्जनात्मक काममा लागिनेछ। मिष्ठान्न भोजन प्राप्त होला। 

८. वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
खर्च बढ्न सक्छ। मतभेदतर्फ अगाडि नबढ्नुहोस्। नयाँ काम प्रमाण पुर्‍याएर गर्नुहोला। 

९. धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आयआर्जनको बाटो खुल्नेछ। काममा अरूको साथ सहयोग प्राप्त हुनेछ। घरमा खुसी छाउनेछ। 

१०. मकर (भो, जा, जि, खि, खु, खे, खो, गा, गि)
कर्म क्षेत्र राम्रो रहनेछ। नोकरीमा पदोन्नति हुनेछ। मानप्रतिष्ठा प्राप्त हुनेछ।

११. कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
भाग्यले साथ नदिन सक्छ। कर्ममा विश्वास गर्नुहोला। योजनाबद्ध रूपमा काम गर्नुहोला।  

१२. मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
अनावश्यक यात्रा नगर्नुहोला। स्वास्थ्यमा ख्याल गर्नुहोला। खर्च व्यवस्थापनमा ख्याल गर्नुहोस्। 

प्रकाशित: २६ आश्विन २०८३ ०६:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App