४ चैत्र २०८२ बुधबार
image/svg+xml
धर्म/संस्कृति

तिज आत्मिक शुद्धता र दाम्पत्य सौहार्दको पर्व : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले हरितालिका तिजलाई आत्मिक शुद्धता, संयम र दाम्पत्य जीवनको सुदृढीकरणसँग जोडिएको पर्वका रूपमा व्याख्या गर्दै सबै नेपाली दिदीबहिनीलाई शुभकामना व्यक्त गरेका छन्।

हरितालिका तिज, २०८२ को पावन अवसरमा सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना सन्देश दिँदै उनले तिजलाई गीत–नृत्यको पर्वका रूपमा मात्र नबुझी व्रत, संयम र आत्म–अनुशासनसँग गहिरो रूपमा जोडिएको सांस्कृतिक उत्सवको रूपमा लिनुपर्ने बताएका छन्। उनले प्राचीन कालमा पतिपत्नी दुवैले सप्तऋषिको पूजा गर्दै व्रत बस्ने चलन रहेको र समयक्रममा यो परम्परा महिलामाझ विकसित भएको उल्लेख गरेका छन्।

प्रधानमन्त्री ओलीले भनेका छन्, 'हाम्रो संस्कृतिले तिजलाई आत्मिक शुद्धता र दाम्पत्य जीवन सुदृढीकरणको व्रतोत्सवका रूपमा लिएको छ। पछिल्लो समयमा विज्ञानले पनि व्रतले शरीरलाई फाइदा पुर्‍याउँछ भन्ने चर्चा गर्न थालेको छ।' उनले तिजले संयुक्त परिवार संस्कृतिको सुगन्ध बोकेर परिवारमा आत्मीयता, दाम्पत्यमा उल्लास र समाजमा सौहार्द फैलाउने विश्वास व्यक्त गरेका छन्।

अहिलेको समाजमा तिजबारे नयाँ मतहरू पनि आएको उल्लेख गर्दै उनले यो पर्वले शील, सौजन्य र उदारताको सन्देश बोकेको बताएका छन्।

प्रकाशित: १० भाद्र २०८२ ०७:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App