४ चैत्र २०८२ बुधबार
image/svg+xml
धर्म/संस्कृति

तिज लैंगिक समानता र सामाजिक सशक्तीकरणको पर्व : अध्यक्ष दाहाल

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले हरितालिका तिजलाई नेपाली महिलाहरूको सांस्कृतिक पर्वका रूपमा मात्र नभई लैंगिक  समानता र सामाजिक सशक्तीकरणको अवसरका रूपमा समेत मनाउनुपर्ने बताउँदै शुभकामना व्यक्त गरेका छन्।

हरितालिका तिज, २०८२ को अवसरमा सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना सन्देश दिँदै उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण आमा, दिदीबहिनीमा सुख, शान्ति, समृद्धि, आपसी एकता, पारिवारिक सद्भाव, सुस्वास्थ्य र दीर्घ जीवनको कामना गरेका छन्।

दाहालले भनेका छन्, 'नेपाली महिलाले परापूर्वकालदेखि सांस्कृतिक पर्वको रूपमा मनाउँदै आएको तिजको मौलिक पक्षको संरक्षण गर्नुका साथै नेपाली समाजमा आएको परिवर्तनलाई आत्मसात् गर्दै यसलाई लैंगिक  समानता र सामाजिक सशक्तीकरणको अवसरका रूपमा समेत लिनुहुनेछ भन्ने विश्वास छ।' उनले तिजले नेपाली समाजमा एकता र सद्भाव कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै यसको सांस्कृतिक महत्वलाई जोगाउनुपर्नेमा जोड दिएका छन्।

यो पर्वले नेपाली महिलाहरूलाई सामाजिक परिवर्तन र समानताको दिशामा अघि बढ्न प्रेरित गर्ने विश्वास व्यक्त गर्दै दाहालले सबैलाई तिजको मंगलमय शुभकामना दिएका छन्।

प्रकाशित: १० भाद्र २०८२ ०७:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App