२९ भाद्र २०८३ सोमबार
image/svg+xml
धर्म/संस्कृति

पशुपतिमा तीजको रौनक : २४ हजारले गरे दर्शन, तीन हजार नाचगानमा, दुई हजार बढी लाइनमा

पशुपतिनाथ मन्दिरमा हरितालिका तीजको अवसरमा दिउँसोसम्म २४ हजार जनाले दर्शन गरेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक एवं प्रवक्ता दानबहादुर थापाका अनुसार दिउँसो १२ बजेसम्म २४ हजारले पशुपतिनाथको दर्शन गरेका हुन्।

पशुपति क्षेत्रका विभिन्न स्थानमा दुईदेखि तीन हजार महिला नाचगान गरिरहेका छन् भने चारवटै ढोकातर्फ गरी दुई हजारदेखि दुई हजार ५०० दर्शनार्थी लाइनमा छन्।

उनका अनुसार हालसम्म कुनै अप्रिय घटना वा दुर्घटना भएको छैन। दर्शन, सुरक्षा, स्वास्थ्य, खोजी तथा पुनर्मिलनका लागि आवश्यक व्यवस्थापन भइरहेको थापाले बताएका छन्।

प्रहरीले पशुपतिनाथ दर्शन गर्न आउने श्रद्धालुलाई आफ्ना आफन्त र साथमा रहेका सामानको सुरक्षा गर्न तथा कुनै समस्या भए नजिकैको प्रहरी हेल्प डेस्कमा सम्पर्क गर्न आग्रह गरेको छ।

साथै तीज पर्वलाई सभ्य, सुरक्षित र व्यवस्थित रूपमा मनाउन प्रहरीले आग्रह गरेको छ।

प्रकाशित: २९ भाद्र २०८३ १२:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App