२१ श्रावण २०८३ बिहीबार
image/svg+xml
धर्म/संस्कृति

शारदापीठ श्रृङ्गेरीका शङ्कराचार्य श्री विधुशेखरभारती नेपाल आउने

दक्षिणाम्नाय शारदापीठ श्रृङ्गेरीका शकराचार्य श्री श्री विधुशेखर भारती सन्निधानमले यही जेठ ८ देखि १४ गतेसम्म नेपालको तीर्थयात्रा गर्ने भएका छन्।

विधुशेखर भारतीले श्री पशुपतिनाथ, मुक्तिनाथ, देवघाटधाम, मौलाकालिका, बूढानीलकण्ठलगायत तीर्थस्थलको पूजा, आराधना एवं दर्शन गर्ने कार्यक्रम रहेको उनको भ्रमण व्यवस्थापनका लागि गठन गरिएको सचिवालयले जनाएको छ। 

काठमाडौंमा उनले भाटभटेनी मन्दिर र किओच बाल अस्पतालको उद्घाटन समेत गर्ने कार्यक्रम रहेको जनाइएको छ। श्रृङ्गेरी पीठका उत्तराधिकारी शङ्कराचार्यको यो नेपाल भ्रमण करिब ६१ वर्षपछि हुन लागेको हो। यसअघि २०२२ सालमा श्रृङ्गेरीका शङ्कराचार्यले नेपाल भ्रमण गरेका थिए।

उनको भ्रमणलाई धार्मिक विजय यात्रा नेपाल २०८३ नाम दिइएको छ। शङ्कराचार्य विधुशेखर नेपाल आएका बेला पशुपतिनाथ परिसरस्थित शङ्कराचार्य मठमा विशेष कार्यक्रम आयोजना गरिने जानकारी पनि सचिवालय संयोजक रेवतीरमण अधिकारीले दिए। शारदा पीठ आद्य शङ्कराचार्यले स्थापना गरेका चार पीठमध्ये पहिलो पीठ हो।

प्रकाशित: ६ जेष्ठ २०८३ ०६:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App