नेपाली कांग्रेसका सभापति गगन थापाले वेदना र हिंसाभन्दा माथि उठेर करुणा र सद्भावको बाटो रोज्नु नै बुद्धप्रतिको सच्चा सम्मान भएको बताएका छन्।
आज परेको उभौली पर्व, बुद्ध जयन्तीको अवसरमा शुभकामना दिँदै उनले यस्तो बताएका हुन्। थापाले बुद्ध जयन्तीको यस विशेष दिनमा रिस र राग त्यागी सबैको मनमा शान्तिको दीप जलिरहोस् भन्ने कामना समेत गरे।
सभापति थापाले सामाजिक सञ्जालमा लेखे, 'वेदना र हिंसाभन्दा माथि उठेर करुणा र सद्भावको बाटो रोज्नु नै बुद्धप्रतिको सच्चा सम्मान हो। बुद्ध जयन्तीको यस विशेष दिनमा रिस र राग त्यागी सबैको मनमा शान्तिको दीप जलिरहोस्।'
साथै, उनले प्रकृति पूजक किराँत समुदायको महान् पर्व उभौलीको उपलक्ष्यमा सम्पूर्णमा 'सेवाङ्ली' तथा हार्दिक शुभकामना व्यक्त गरेका छन्। उनले भने, 'बुद्धको शान्तिको सन्देश र प्रकृतिप्रतिको हाम्रो मौलिक संस्कारबीचको यही समन्वय नै हाम्रो वास्तविक पहिचान र सुन्दरता हो। हाम्रो संस्कृति, आपसी एकता र सामाजिक सद्भाव सधैं अटल रहोस्। शुभकामना!'
प्रकाशित: १८ वैशाख २०८३ ०९:४६ शुक्रबार





