२७ फाल्गुन २०८२ बुधबार
image/svg+xml
धर्म/संस्कृति

होलीको तस्बिर सार्वजनिक गर्दै केकीले भनिन्ः मतदान गर्नुअघि हामीले देखेका सपानाको सम्झना गरौं

सत्यमाथि असत्यको जितको रूपमा मनाइने रङ्गको त्योहार होलीमा कलाकारहरू पनि रमाइरहेका छन्। होलीले काठमाडौं उपत्यकासहित पहाडी क्षेत्रका अधिकांश सहर र गाउँ रङ्गले रङ्गिन भएको देखिएको छ। त्यसैमा कलाकारहरू आ–आफ्नो कामबाट फुर्सत निकालेर होलीको रङ्गमा रङ्गिएका छन्।

अभिनेत्री केकी अधिकारीले रङ्गिएको एक तस्बिर सार्वजनिक यस पटकको होली नेपालको लागि खास रहेको बताएकी छन्। उनले लेखेकी छन्, ‘असत्य माथि सत्यको जित, यो कुनै दन्त्य कथा र मिथकमा मात्र सीमित नहोस् । यस पटकको होली हामी नेपालीको लागि खास छ।’

आउँदै गरेको चुनाव नयाँ आशाको रूपमा व्याख्या गर्दै उनले थपिन–‘अबको ३ दिनमा हामी देशको मुहार फेर्ने नयाँ आशा बोकेर मतदान गर्दछौँ । यसपटक आफ्नो अमूल्य मत दिँदै गर्दा तमाम सहिदहरूलाई एक पटक फेरि सम्झिऔँ, घरमा भएका हाम्रा हजुरबुबाआमा, आमाबाबाको निराशालाई सम्झिऔँ, हामीले देखेका सपानाहरुलाई सम्झिऔँ, बिदेसिनुपरेको बाध्यतालाई सम्झिऔँ, ससाना बालबालिकाका भविष्यलाई सम्झिऔँ, नेपाल आमालाई सम्झिऔँ।’  

उनले सबैलाई होलीको शुभकामना दिएकी छिन्–‘असत्य र अन्याय माथि सत्य र न्यायको जीत होस् । सुशासन र स्थिरता कायम हुन सकोस् । यो होली अनि यसपछिका आउने दिनहरू हामी सम्पूर्ण नेपालीहरूका लागि सोचेजस्तै बन्न सकोस् । होलीको सम्पूर्ण नेपालीहरूमा रङ्गिन विवेकको कामना।’

वरिष्ठ कलाकार हरिवंश आचार्य, अभिनेत्री प्रियंका कार्कीलगायतले पनि होली खेलेको तस्बिर सामाजिक सञ्जालमा पोष्ट गरेका छन्। 

प्रकाशित: १८ फाल्गुन २०८२ १६:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App