९ चैत्र २०८२ सोमबार
image/svg+xml
धर्म/संस्कृति

पशुपति तत्त्वविमर्श र विद्वतसभा सम्पन्न

शंकराचार्य मठ पशुपतिमा पशुपति तत्त्वविमर्श र विद्वतसभा सम्पन्न भएको छ । महेश संस्कृत गुरुकुलको आयोजनामा भएको तत्त्वविमर्श तथा विद्वतसभासँगै श्रीमद्भागवत महापुराण सप्ताह महायज्ञ सुरु भएको छ ।

महेश सन्न्यास आश्रमका पीठाधीश स्वामी रमनानन्द गिरिको सत्सङ्कल्पमा आइतबारदेखि सातदेखि मंसिर १४ गतेसम्म श्रीमद्भागवत महापुराण सप्ताह महायज्ञ सञ्चालन हुनेछ ।  

भागवत महायज्ञको पूर्वसन्ध्यामा आयोजित विद्वद्गोष्ठीमा नेपाल संस्कृत विश्वविद्यालयका संस्थापक प्राध्यापक विद्यानाथ उपाध्याय, न्याय तथा वेदान्तदर्शन ज्ञाता प्रा.डा. दीर्घराज घिमिरे, वेदान्तदर्शन तथा धर्मशास्त्र पुराणादिका व्याख्याता प्राध्यापक भवानीप्रसाद खतिवडा, गुरुकुल प्रवर्धन समाजका अध्यक्ष आचार्य कपिलदेव सुवेदी, समालोचक तथा संस्कृत भाषाका जानकार प्रा.डा. ध्रुवप्रसाद भट्टराई, न्यायदर्शनका जानकार डा. वैकुण्ठ घिमिरेलगायत सहभागीले आफ्ना अनुभव साटेका थिए ।  

कार्यक्रममा स्वागत गर्दै प्राध्यापक भवानीप्रसाद खतिवडाले विद्वद्गोष्ठी आयोजनाको आौचित्य बताए । उनले पशुपतित्त्वका बारेमा आफ्ना दार्शनिक विचार राखेका थिए ।  

कार्यक्रम सञ्चालन गर्दै डा उमेशप्रसाद घिमिरेले धर्म संस्कृति तथा वेदान्त दर्शनलाई नयाँ पुस्तामा रुपान्तरणको आवश्यकता रहेको बताए । 

प्रकाशित: ७ मंसिर २०८२ २०:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App