१६ फाल्गुन २०८२ शनिबार
image/svg+xml
धर्म/संस्कृति

असोज महिनामा पाथीभरामा २९ हजारबढी दर्शनार्थी

२०८२ सालको असोज महिनामा ताप्लेजुङस्थित पाथीभरा मन्दिरमा २९ हजार १ सय ७४ जना दर्शनार्थीले मन्दिरको दर्शन गरेका छन्।

असोज महिनामा ३३ लाख ८२ हजार रुपैयाँ भेटि गणना भएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङले जानकारी दिए।  

क्षेत्र विकास समितिले असोज १२ गते २ लाख ७९ हजार,२७ गते १० हजार र असोज ३१ गते ३० लाख ९३ हजार गरी कुल ३३ लाख ८२ हजार रुपैयाँ क्षेत्र विकास समितिको नेपाल बैंक लिमिटेड ताप्लेजुङ शाखाको खातामा जम्मा गरिएको जनाएको छ।

प्रकाशित: ३१ आश्विन २०८२ १७:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App