प्रधानमन्त्री केपी शर्मा ओलीले कृष्ण जन्माष्टमीको शुभकामना व्यक्त गरेका छन्।
शनिबार सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीले शुभकामना व्यक्त गरेका हुन्। उनले श्रीकृष्णको शिक्षाले सबैको जीवनलाई आलोकित बनाओस् भन्दै शुभकामना दिए।
उनले लेखेका छन्, 'आज कृष्ण जन्माष्टमी, कर्म, ज्ञान र प्रेम (भक्ति)को बाटो देखाउने श्रीकृष्णको शिक्षाले सबैको जीवनलाई आलोकित बनाओस्। कृष्ण जन्माष्टमीको हार्दिक शुभकामना!'
प्रकाशित: ३१ श्रावण २०८२ ०७:४८ शनिबार





