२४ पुस २०८२ बिहीबार
image/svg+xml
धर्म/संस्कृति

भक्तपुरमा भयाे ‘खाँ पिहाँ वइगु’ जात्रा

यहाँको मध्यपुर थिमि-७ नगदेशमा बिहीबार राति ‘खाँ पिहाँ वइगु’ जात्रा भएको छ। प्रत्येक वर्ष मोहनी नखः को चालँ अर्थात् बडादसैँको दशौँ दिन विजयदशमीको राति नगदेशको दरबार लाय्कुबाट ‘खाँ पिहाँ वइगु’ जात्रा निकाल्ने परम्परा अनुसार बिहीबार राति जात्रा निकालिएको हो।

नगदेशमा रहेको मल्लकालीन दरबारबाट खाँ निकालिएको हो। यो जात्राको अन्त्यमा नगदेशस्थित सिद्धिगणेशको प्राङ्गणमा ‘भुइँफर्सी’ अर्थात् ‘कुभिण्डो’ मार हान्ने भएकाले यसलाई ‘भुइँफर्सी पालेगु’ जात्रा पनि भनिन्छ।

दरबारबाट पमा नायो (प्रधान नाइके) को नेतृत्वमा मल्लकालीन सिपाहीको भेषमा जात्रालुहरू टाउकोमा फलामे टोपी, हातमा तरबार, खुँडा र ढाल बोकेर निस्केका थिए। ती सिपाहीले युद्ध कौशल पनि प्रदर्शन गरेका थिए।

सिद्धिगणेश मन्दिर परिसरमा मार हानेको कुभिण्डो प्रसादको रूपमा घरघरमा लाने प्रचलन छ।

जात्रा सञ्चालनका लागि यस वर्ष मध्यपुरथिमि नगरपालिकाले ढाल, टोपी लगायतका सामग्री सहयोग गरेको थियो। जात्रामा नगरप्रमुख सुरेन्द्र श्रेष्ठ लगायत जनप्रतिनिधिले पनि सक्रिय सहभागिता जनाएका थिए।  

प्रकाशित: १७ आश्विन २०८२ ०८:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App