ताप्लेजुङमा मंगलबार परम्परागत रूपमा घण्टाकर्ण पर्व मनाइएको छ। नेपाल भाषा तथा सांस्कृतिक समाज ताप्लेजुङले शुभकामना आदान–प्रदानसहित फुङलिङ–जौवारीस्थित भीमसेनथान मन्दिर परिसरमा पूजा गरी पर्व मनाएको हो।
श्रावण कृष्ण चतुर्दशीका दिन मनाइने घण्टाकर्णलाई गठामङ्गलसमेत भनिन्छ। पर्वका अवसरमा नरभक्षी राक्षसको प्रतीक बनाएर विधिवत् पूजा गरी जलाइएको थियो।
यसै अवसरमा ताप्लेजुङमा लाखे नाचसमेत सुरु गरिएको छ। नेपाल भाषा तथा सांस्कृतिक समाजका अध्यक्ष शंकर श्रेष्ठका अनुसार अब प्रत्येक दिन लाखे नाच प्रदर्शन गरिनेछ।
कार्यक्रममा फुङलिङ नगर उपप्रमुख भीमादेवी ओझा, प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहाललगायतले घण्टाकर्ण र लाखे नाच नेपाली संस्कृति र सभ्यताको महत्वपूर्ण हिस्सा भएको बताए।
उनीहरूले पर्वलाई शान्तिपूर्ण, सभ्य र सुरक्षित रूपमा मनाउन आग्रह गरेका छन्। कार्यक्रममा जनप्रतिनिधि, सुरक्षा अधिकारी, सामाजिक अगुवा तथा सञ्चारकर्मीको उपस्थिति थियो।
प्रकाशित: २६ श्रावण २०८३ १९:२९ मंगलबार




-600x400.jpg)
-600x400.jpg)