४ चैत्र २०८२ बुधबार
image/svg+xml
धर्म/संस्कृति

पूर्वराजा शाहद्वारा दसैँको शुभकामना

पूर्वराजा ज्ञानेन्द्र शाहले विजया दशमीको उपलक्ष्यमा सबै नेपालीहरूमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन्।  

उनले एक सन्देशमार्फत आम शुभेच्छुक नागरिक समुदायलाई आफूबाट विगतमा झैँ बृहत रूपमा टीका जमरा प्रदान नहुने समेत जानकारी गराएका छन्। पूर्वराजा शाहले पूर्वजहरूले नेपालको एकता, अखण्डता, सार्वभौमिकता र सम्प्रभुताको रक्षा गर्न दिएका त्याग र बलिदान नै हाम्रो अस्तित्व, स्वाभिमान र गौरवशाली संस्कृतिको मेरुदण्ड भएको उल्लेख गरेका छन्।

युवा पुस्ता भविष्यका आधारस्तम्भ भएको र उनीहरूमा निहीत देशभक्तिको भावना, उर्जाशक्ति र नवीन सोचले मात्र राष्ट्रलाई बलियो, समृद्ध र आत्मनिर्भर बनाउने बाटोमा लैजाने उनको भनाइ छ।

प्रकाशित: १३ आश्विन २०८२ ०७:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App