३० फाल्गुन २०८२ शनिबार
image/svg+xml
धर्म/संस्कृति

‘गाईजात्रा पर्व’लाई शान्तिपूर्ण, व्यवस्थित र मर्यादित बनाउन आग्रह

यस वर्षको साउन २६ गते आइतबार पर्ने गाईजात्रा पर्व (सापारु)लाई शान्तिपूर्ण, व्यवस्थित र मर्यादित रूपमा मनाउन भक्तपुर नगरपालिकाले नगरवासीलाई अनुरोध गरेको छ।

भक्तपुर नगरपालिकाले बिहीबार नगरपालिकामा आयोजना गरेको गाईजात्रा पर्व (सापारु)का सांस्कृतिक गुरु र सांस्कृतिककर्मीहरूको भेलामा नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जात्रालाई मर्यादित रूपमा सम्पन्न गर्नुपर्ने बताए।

जात्रामा प्रदर्शन हुने परम्परागत तथा आधुनिक सांस्कृतिक विधाहरूको प्रतियोगिता गर्ने बताउँदै उनले गाईजात्रा पर्व भक्तपुरको सांस्कृतिक प्रदर्शनी प्रदर्शन गर्ने राम्रो अवसर हो, त्यसैले जात्रालाई व्यवस्थित र मर्यादित रूपमा सम्पन्न गर्न सबैको साथ र सहयोग आवश्यक रहेको जिकिर गरे।

गाईजात्रामा प्रदर्शन हुने घिन्ताङघिसी नाच भक्तपुरको प्रमुख विशेषताका रूपमा रहेको बताउँदै प्रमुख प्रजापतिले नयाँ पुस्तालाई भक्तपुरको कला, संस्कृतिमा उत्साहित गर्न संस्कृतिकर्मीहरूले विशेष योगदान दिनुपर्ने बताए।

भक्तपुर नगरपालिकाले विद्यालयस्तरबाटै विद्यार्थीहरूलाई यहाँको कला, संस्कृति अध्ययन, अध्यापन गराउने व्यवस्था गरेको बताउँदै भक्तपुर नपाले गाईजात्राको दिन घिन्ताङघिसी र माक प्याखँ तथा कृष्णाष्टमीसम्म परम्परागत एवं आधुनिक विधाका सांस्कृतिक प्रस्तुतीकरणको मूल्याङ्कन गरी पुरस्कार वितरण गर्ने बताए।

प्रकाशित: १६ श्रावण २०८२ ०७:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App