१७ फाल्गुन २०८२ आइतबार
image/svg+xml
धर्म/संस्कृति

भदौमा पाथीभरामा आए चार हजार ५ सय दर्शनार्थी, झण्डै १० लाख भेटी संकलन

भदौ महिनामा ४ हजार ५ सय बढी तीर्थालुले पाथीभरा मन्दिरको दर्शन गरेका छन् । पाथीभरा क्षेत्र विकास समितिका अनुसार आज मंगलबारसम्म ९ लाख ९७ हजार रुपैयाँ भेटी संकलन भएको छ ।  

कार्यकारी निर्देशक प्रजीन हाङवाङका अनुसार भदौ महिनामा ४ हजार ५ सय ३ जना दर्शनार्थीले मन्दिरको दर्शन गरेका छन् । क्षेत्र विकास समितिले पछिल्लो समय पाथीभरा मन्दिरमा संकलन भई गणना भएको भेटी र आएका दर्शनार्थीको विवरण मासिक रुपमा सार्वजनिक गर्दै आइरहेको छ ।

निशेधाज्ञा र कफ्र्युसम्म लाग्ने गरी मुलुकमा सृजना भएको अवस्थाका कारण भदौ महिनामा अपेक्षाकृत केहि कम दर्शनार्थी आएका छन् । नौरथाको सिजनमा पाथीभरामा दर्शनार्थीको चाप उल्लेख्य हुने विगतको अवस्था रही आएको छ । 

प्रकाशित: ३१ भाद्र २०८२ १९:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App