८ माघ २०८२ बिहीबार
image/svg+xml
धर्म/संस्कृति

सुनसरीबाट एक सय ८० हजयात्री जाने

हजका लागि सुनसरीबाट एक सय ८० जना जाने भएका छन्। इस्लाम धर्मावलम्बीका लागि जीवनको पवित्रतम यात्रा मानिने हजका लागि साउदी अरेबियाको मक्का मदिनामा सुनसरीबाट एक सय ८० जना जाने भएका हुन्।

हज समितिको समन्वयमा आवश्यक तयारी पूरा भई यात्री यही जेठ ३ गते शनिबारदेखि पवित्र भूमि मक्कामदिनातर्फ प्रस्थान गर्ने सुनसरी हज समितिका संयोजक मोजम्मील मियाँ अन्सारीले बताए। हजयात्री विभिन्न पाँच चरणमा साउदी अरेबिया प्रस्थान गर्ने उनले जानकारी दिए।

सुनसरीबाट आइतबार बिहान एक सय १८ जना हजयात्री, एक जना दूतावासका प्रतिनिधि र एक जना हज समितिका सदस्य प्रतिनिधि काठमाडौंबाट साउदी अरेबिया प्रस्थान गर्ने उनले बताए। सोही दिन राति सुनसरीका थप चार जना अन्य जिल्लाका हजयात्रीको टोलीमा सहभागी भएर प्रस्थान गर्ने छन्। बाँकी हजयात्रीहरू पनि विभिन्न मितिमा जाने जनाइएको छ।

गत वर्ष आवेदन दिएर जान नपाएका र चालु आर्थिक वर्षमा आवेदन दिएकाबाट छनोट भएका एक सय ८० जना छनोटमा परेको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ। यात्रीको स्वास्थ्य परीक्षण, भिसा प्रक्रिया, आवास तथा यातायातको व्यवस्था पूरा गरिसकेको हज व्यवस्थापन समितिले जनाएको छ। रासस

प्रकाशित: २ जेष्ठ २०८२ ०६:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App