काठमाडौंको सिटी सेन्टरले दसैं, तिहार तथा छठको अवसरमा आयोजना गरेको ‘फेस्टिभ सेलिब्रेसन–२०२५’ का विजेताहरु पुरस्कृत भएका छन् ।
सिटी सेन्टरमा आयोजित समारोहका बीच सेलिब्रेसनअन्तर्गतको बम्पर उपहारसहित अन्य उपहार प्रदान गरिएको हो ।
६० दिनसम्म सञ्चालन गरिएको सो सेलिब्रेसनअन्तर्गतको बम्पर उपहारमा २८ हजार जना सहभागी भएका थिए । सो मध्ये ४० जनाले विभिन्न उपहार प्राप्त गरेका छन् । जसमा कपनका विनोद चौलागाईले ५ दिन ६ रातको थाइल्यान्ड टुर जितेका छन् ।
त्यसैगरी, भक्तपुरका समिर बादेले हिरोको स्कुटर पाएका छन् भने बाल्ट्राको ‘वासिङ मेसिन, टिभी, फ्रिज लगायतका सामान, अल्टिमाका इयर बर्ड, म्युजिक सिस्टम, सफारीका ब्याग, क्रोर्कोडायलका ब्याग तथा लगेज र विभिन्न स्टोरहरुबाट गिफ्ट ह्याम्पर’ प्रदान गरिएको थियो ।
सिटी सेन्टर सबै सेवा सुविधासहितको व्यवसायीक सपिङ महल हो ।
प्रकाशित: १८ मंसिर २०८२ १७:२६ बिहीबार





