२० श्रावण २०८३ बुधबार
image/svg+xml
कर्पोरेट

टंकप्रसाद पाण्डेय कृषि विकास बैंकको अध्यक्षमा नियुक्त

कृषि विकास बैंक लिमिटेडको सञ्चालक समितिले टंकप्रसाद पाण्डेयलाई बैंकको सञ्चालक समितिको अध्यक्ष पदमा नियुक्त गरेको छ।

नवनियुक्त अध्यक्ष पाण्डेयसँग निजामती सेवामा करिब २५ वर्षदेखि कार्यरत रहँदै विभिन्न महत्वपूर्ण जिम्मेवारी निर्वाह गरेको अनुभव छ। आर्थिक क्षेत्रका साथै विभिन्न निकायमा समेत उनले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन्।

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनअनुसार नवनियुक्त अध्यक्षलाई नेपाल राष्ट्र बैंकका गभर्नरसमक्ष सपथ ग्रहण गराइएको छ। नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय, बालुवाटारमा आयोजित कार्यक्रममा गभर्नर प्रा. डा. विश्वनाथ पौडेलले अध्यक्ष पाण्डेयलाई सपथ ग्रहण गराएका हुन्।

सपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर किरण पण्डित, कार्यकारी निर्देशकहरू रामु पौडेल, गुरुप्रसाद पौडेल, दीर्घबहादुर रावल तथा मुक्तिनाथ सापकोटा, निर्देशक मीरा ताल्चाभडेल, नेपाल राष्ट्र बैंकका बोर्ड सचिव शरणकुमार अधिकारी लगायतको उपस्थिति रहेको थियो।

त्यसैगरी कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ, कम्पनी सचिव तथा प्रवक्ता हिमलाल पौडेलसहित बैंकका अन्य उच्च पदस्थ अधिकारीहरूको पनि कार्यक्रममा सहभागिता रहेको थियो।

नवनियुक्त अध्यक्ष पाण्डेयले बैंकको संस्थागत सुदृढीकरण, सुशासन प्रवर्द्धन तथा कृषि वित्तीय सेवाको विस्तारमा विशेष ध्यान दिने अपेक्षा गरिएको बैंकले जनाएको छ।

प्रकाशित: २५ जेष्ठ २०८३ १९:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App