२३ मंसिर २०८२ मंगलबार
image/svg+xml
कर्पोरेट

अन्नपूर्ण न्यूरो हस्पिटल र प्रभु बैंकबीच विशेष छुट सम्झौता

काठमाडौंको बबबरमहलमा रहेको अन्नपूर्ण न्यूरो हस्पिटल र प्रभु बैंक लिमिटेडबीच बैंकका ग्राहक तथा कर्मचारीहरुलाई अन्नपूर्ण न्यूरो हस्पिटलको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

प्रभु बैंकका कर्मचारी र कर्मचारीका परिवारजन तथा ग्राहकहरुले १०–१५% छुट पाउने  भएका छन् । सो छुट सेवा सुविधा अन्नपूर्ण न्यूरो हस्पिटलमा प्राप्त गर्न  सकिने छ । उक्त सम्झौतापत्रमा अन्नपूर्ण न्यूरो  हस्पिटलका तर्फबाट मेडिकल प्रशासक डाक्टर शरद गजुरेल र मार्केटीङ म्यानेजर प्रेम कुमार दाहाल तथा प्रभु बैंक लि.का तर्फबाट चिफ मार्केटीङ अफिसर रमेशकुमार श्रेष्ठ रमार्केटीङ म्यानेजर दिना चित्रकारले हस्ताक्षर गरे ।  

यसैगरी, ग्राहकहरुको रोजाईको अग्रणी बैंकको रुपमा रहेको प्रभु बैंक हालसालै “बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित भएको थियो । नेपालभर ३१२ शाखा कार्यालयहरु, २८६ एटीएम साथै ६८ एक्सटेन्सन काउन्टरमार्फत् ३१ लाखभन्दा बढी ग्राहकहरुलाई ‘बिश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधिमार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ । साथै प्रभु बैंक फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड–२०२४ अवार्डबाट पनि सम्मानित भएको छ । 

प्रकाशित: २९ श्रावण २०८२ १८:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App