२२ श्रावण २०८३ शुक्रबार
image/svg+xml
कर्पोरेट

गर्मी बढेसँगै बचतको बहार: दराजको ५.५ बिग समर सेल घोषणा

गर्मी बढ्दै जाँदा दिनहरू लामो भइरहेका छन्। यही अवसरलाई लक्षित गर्दै अनलाइन किनमेल प्लेटफर्म दराज नेपालले बहुप्रतीक्षित बिग समर सेल (५.५) सार्वजनिक गरेको छ। यस अभियानमार्फत कम्पनीले देशभरका ग्राहकका लागि आकर्षक छुट र विशेष अफरहरू प्रस्तुत गरेको छ।

दराज ५.५ बिग समर सेल वैशाख २१ (मे ४) साँझ ८ बजेदेखि सुरु भई वैशाख २६ (मे ९) सम्म सञ्चालन हुनेछ। यस अवधिमा ग्राहकहरूले ८०प्रतिशत सम्मको छुट, छनोट गरिएका सामानमा निःशुल्क होम डेलिभरी तथा रु. ५५ लाख बराबरका भौचर जित्ने अवसर पाउनेछन्।

यस अभियानअन्तर्गत विभिन्न ब्रान्ड साझेदारहरूका विशेष छुट पनि उपलब्ध छन्। प्लेटिनम पार्टनर पिल्ग्रिम र मारिकोका उत्पादनमा १५प्रतिशत सम्म, गोल्ड पार्टनर ब्राण्डहाउस, होनसा र मिनिमलिस्टमा ६०प्रतिशत सम्म तथा सिल्भर पार्टनर र्‍होतो, नुलाइट र एमडब्ल्यूसीका उत्पादनमा ७०प्रतिशत सम्म छुट प्रदान गरिनेछ। साथै, ईसेवा प्रयोगकर्ताका लागि विशेष ‘रश आवर’ अफर पनि रहनेछ।

दराजले “बेस्ट प्राइस” ट्याग भएका उत्पादनमा २ गुणा प्राइस डिफरेन्स रिफन्ड प्रोमिस लागू गरेको छ। यसअनुसार, यदि कुनै ग्राहकले नेपालभित्र अन्य अनलाइन प्लेटफर्ममा सोही उत्पादन कम मूल्यमा भेटेमा, दराजले मूल्य अन्तरको दोब्बर रकम फिर्ता गर्नेछ।

यस बिग समर सेलमा फेशन, सौन्दर्य, घरायसी सामग्री, स्वास्थ्य, अडियो तथा वेयरेबल्स, फर्निचर, गृह सजावटलगायत विभिन्न श्रेणीका उत्पादनमा आकर्षक अफर उपलब्ध हुनेछन्।

कम्पनीले सहज एप अनुभव, विशेष छुट र विविध सुविधासहित घरमै बसेर किनमेल गर्ने अवसरको अधिकतम उपयोग गर्न ग्राहकहरूलाई आग्रह गरेको छ। थप जानकारीका लागि दराज नेपालको वेबसाइट, फेसबुक पेज वा मोबाइल एप प्रयोग गर्न सकिने जनाइएको छ।

प्रकाशित: २१ वैशाख २०८३ १९:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App