२३ मंसिर २०८२ मंगलबार
image/svg+xml
कर्पोरेट

प्रिज्मा एड्भर्टाइजिङले सिंगापुरमा जित्यो ब्रान्डलरेट बेस्ट ब्रान्ड्स अवार्ड

प्रिज्मा एड्भर्टाइजिङले ब्रान्डलरेट स्पेशल लिमिटेड एडिसन बेस्टब्रान्ड्स अवार्ड २०२५ जितेको छ । प्रिज्माले ब्रान्ड इन्फ्लुएन्सर क्रिएटिभ एन्ड ब्रान्डिङ सोलुसन्स श्रेणीमा सम्मान प्राप्त गरेको हो । यो अवार्डले एजेन्सीको रणनीतिक ब्रान्डिङ र सांस्कृतिक रूपमा प्रभावशाली कथावस्तु निर्माणमा अग्रणी भूमिकाको कदर गरेको छ।

यो सम्मान ३१ जुलाई २०२५ मा सिंगापुरको सांग्रीला होटलमा आयोजित समारोहमा प्रदान गरिएको थियो, जहाँ प्रिज्मा एड्भरटाइजिङका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत रञ्जित आचार्य र महाप्रबन्धक शरद शाहीले एजेन्सीको तर्फबाट यो सम्मान ग्रहण गरेका थिए ।

विश्व ब्रान्ड्स फाउन्डेसनद्वारा आयोजित ब्रान्डलरेट अवाड्र्सले विश्वका सबैभन्दा प्रतिष्ठित, प्रभावशाली र प्रभावकारी ब्रान्डहरूलाई सम्मानित गर्छ । आफ्नो २०औँ वर्ष प्रवेश गरेको अवसरमा फाउन्डेसनको लिमिटेड एडिसन वार्षिकोत्सव अवार्डले रचनात्मकता, रणनीति र दीर्घकालीन ब्रान्डको पहिचान, मूल्य र प्रतिष्ठामार्फत् उद्योगलाई पुनर्जनन् गर्ने विश्वव्यापी ब्रान्ड लिडरहरूलाई  सम्मान गर्छ ।  

अन्तर्राष्ट्रियस्तरको मनोनयनहरूको प्रतिस्पर्धात्मक क्षेत्रबाट छनोट भएको प्रिज्माले आफ्नो ब्रान्ड प्रभाव र नवीन रचनात्मक रणनीतिका लागि विशिष्ट पहिचान बनायो। यो मान्यताले नेपालको रचनात्मक उद्योगका लागि महत्वपूर्ण कोसेढुङ्गा हो र प्रिज्मालाई विश्वव्यापी ब्रान्ड नवप्रवर्तकहरूको सम्मानित समूहमा स्थापित गरेको छ।

उक्त कार्यक्रममा प्रिज्मा एड्भर्टाइजिङका प्रमुख कार्यकारी अधिकृत रञ्जित आचार्यले भने,“ब्रान्डलरेट बेस्ट ब्रान्ड्स अवार्ड हाम्रो टिमको निरन्तर मेहनत, सिर्जनात्मक सोच र नेपाली ब्रान्डलाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्ने हाम्रो अठोटको प्रमाण हो।हामी विश्वास गर्छौं कि प्रामाणिकता र साहसमा आधारित विचारहरूले हरेक सीमालाई पार गर्न सक्छन्। यो सम्मानले हामीलाई अझ ठूलो सम्भावनाको खोजी गर्न र हाम्रा दृष्टिकोणहरूलाई विस्तार गर्न थप प्रेरणा मिलेकोे छ।”

प्रिज्मा एड्भर्टाइजिङ ब्रान्डलरेट अवार्डसबाट मान्यता प्राप्त गर्ने पहिलो नेपाली कम्पनी हो, जुन नेपालका लागि गर्विलो र ऐतिहासिक क्षण हो। यो अवार्डले विगतमा कोका–कोला, नेस्ले, युनिलिभर, सामसङ इलेक्ट्रोनिक्स, टोयोटा, आइबीएम र जिमी चू जस्ता विश्व सम्मानित व्यापार, रचनात्मकता र संस्कृतिका नामहरूलाई सम्मानित गरेको छ। ओगिल्वी मलेसिया, डेन्ट्सु सिङ्गापुर र लियो बर्नेट भियतनाम जस्ता अग्रणी एजेन्सीहरूका साथै क्रिस्टियानो रोनाल्डो, नास डेली र निकोल एन डेभिड जस्ता प्रभावशाली व्यक्तित्वहरू पनि विगतका विजेताहरूमा समावेश छन्।

“विश्वस्तरका उत्कृष्ट ब्रान्डहरूबीच उभिन पाउनु हाम्रो लागि र नेपालका लागि गर्वको क्षण हो,” प्रबन्धक शरद शाहीले भने, 'योअवार्डले नेपालबाट विश्वसम्म पुर्‍याउने साहसी र अर्थपूर्ण ब्रान्ड निर्माणमा समर्पित ३५ वर्षको हाम्रो यात्रालाई सम्मान गरेको छ ।

यो सम्मानले दक्षिण एसियामा प्रिज्मा एड्भर्टाइजिङको सिर्जनात्मक नेतृत्वको स्थानलाई थप बलियो बनाएको छ। यो एजेन्सीले उपभोक्ता वस्तु, दूरसञ्चार, वित्त र प्रविधि क्षेत्रहरूमा वृद्धि, प्रतिभा पोषण र परिणामहरू प्रदान गर्ने ब्रान्ड कथाहरू निर्माण गर्छ।

प्रिज्मा एड्भर्टाइजिङ बारे

सन् १९९१ मा स्थापित, प्रिज्मा एड्भर्टाइजिङ काठमाडौंमा आधारित ३६० डिग्री रचनात्मक एजेन्सी हो । जसले ब्रान्डिङ, डिजाइन, डिजिटल मार्केटिङ र जनसम्पर्कमा विशेषज्ञता हासिल गरेको छ। यसको पोर्टफोलियोमा कोका–कोला, नेस्ले, बजाज मोटरसाइकल, जोन्सन एन्ड जोन्सन, वेस्टर्न युनियन, एनसेलर केएल दुगड समूह जस्ता नेपालका विशिष्ट ब्रान्डहरू समावेश छन्। 

प्रिज्माले मेरो मोबाइललाई एनसेलमा रूपान्तरण, राष्ट्रिय वाणिज्य बैंक र अन्नपूर्ण फाइनान्स जस्ता नेपालका केही प्रतिष्ठित अभियानहरू साथै रिब्रान्डिङ कार्यहरूको नेतृत्व गरेको छ। यो एजेन्सीले पूर्वीय अन्तर्दृष्टिलाई विश्वव्यापी रणनीतिसँग संयोजन गरेर प्रेरणादायी, आकर्षक र परिणाममुखी ब्रान्ड कथाहरू सिर्जना गर्छ।

प्रकाशित: १९ श्रावण २०८२ १२:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App