२६ जेष्ठ २०८३ मंगलबार
image/svg+xml
कर्पोरेट

एनआईसी एशिया बैंकको २८औँ वार्षिक साधारण सभा सम्पन्न

एनआईसी एशिया बैंक लिमिटेडको २८औँ वार्षिक साधारण सभा सोमबार काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको छ।

सभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित २०८२ असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतका वार्षिक वित्तीय विवरणमाथि छलफल गरी स्वीकृत गरेको बैंकले जनाएको छ।

सञ्चालक समितिले प्रस्ताव गरेअनुसार सम्बन्धित निकायहरूको आवश्यक स्वीकृति प्राप्त गरी बैंकको तत्काल कायम रहेको साधारण शेयर पूँजीको २:१ अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव समेत सभाबाट स्वीकृत भएको छ। साथै, अन्य विभिन्न प्रस्तावहरू पनि पारित गरिएको छ।

सभाले संस्थापक शेयरधनीहरूको तर्फबाट अशोक कुमार अग्रवाल, रामचन्द्र संघई तथा जयन्तकुमार अग्रवाललाई सञ्चालकमा निर्विरोध निर्वाचित गरेको छ। त्यसैगरी सर्वसाधारण शेयरधनीहरूको तर्फबाट आदित्यकुमार अग्रवाल, केशव प्रसाद लम्साल तथा अनुप प्रधान राजभण्डारी पनि निर्विरोध निर्वाचित भएका छन्।

बैंकले वार्षिक साधारण सभामार्फत आगामी रणनीति, पूँजी विस्तार तथा संस्थागत सुदृढीकरणका योजनालाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको जनाएको छ।

प्रकाशित: १८ जेष्ठ २०८३ २०:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App