नेपालको सर्वाधिक विश्वासिलो जीवन बिमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडलाई जिल्ला प्रहरी परिसर काठमाडौले सम्मान गरेको छ । सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ‘हाम्रो प्रहरी’ कार्यक्रममा कम्पनीले दरबारमार्गस्थित प्रहरी कार्यालयको पुनःसम्भार र पुनःस्र्थापनामा गरेको सहयोगको सम्मान स्वरुप कदर पत्र प्रदान गरिएको हो ।
बसन्तपुरमा एक कार्यक्रमबीच प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नेपाल लाइफलाई सम्मान गरेका हुन् । महानिरीक्षक कार्कीले कदर पत्र कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुली र नायव प्रमुख कार्यकारी अधिकृत अमितकुमार कयाललाई संयुक्त रुपमा प्रदान गरेका थिए ।
दरबारमार्गको प्रहरी कार्यालय निर्माणार्थ यस कम्पनीले १७ लाख रुपैयाँको सहयोग प्रदान गरेको थियो । समुदाय प्रहरी साझेदारी कार्यक्रमलाई थप प्रभावकारी बनाई अपराध नियन्त्रण तथा अनुसन्धान, नागरिक सुरक्षा, सामाजिक सद्भाव र अमन चयनका लागि समर्पित नेपाल प्रहरीको भूमिका र अपरिहार्यतालाई आम नागरिकमा स्थापित गराउन तथा प्रहरी कार्यालयको पुनःस्थापनामा नेपाल लाइफले पु¥याएको योगदानको उच्च मूल्याङ्कन स्वरूप कम्पनीलाई कदरपत्र प्रदान गरिएको प्रहरीले जनाएको छ ।
यस अगावै पनि कम्पनीले नेपाल सरकारद्वारा स्थापना गरिएको भौतिक पूर्वाधार पुननिर्माण कोषमा रु. १ करोड ५० लाखको सहयोग प्रदान गरेको थियो । साथै काठमाडौँको बसपार्कस्थित प्रहरी कार्यालयको खानेपानी तथा शौचालय निर्माणार्थ कम्पनीले रु ६० हजारको र जिल्ला प्रहरी कास्कीलाई कार्यसम्पादनलाई चुस्त दुरुस्त र प्रविधिमैत्री बनाउनका निम्ति पाँच थान कम्प्युटर प्रदान गरिएको थियो।
गत भाद्र २३ र २४ गते भएको जेन्जी प्रदर्शन र आन्दोलनको क्रममा देशैभरिका सार्वजनिक भौतिक संरचनामा भएको क्षतिको पुननिर्माण आर्थिक पुनरुत्थान तथा राहत लगायत कार्यको लागि नेपाल लाइफले विभिन्न खालका कार्यक्रमहरु आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सञ्चालन गर्दै आएको छ र आगामी दिनमा पनि आर्थिक, सामाजिक र भौतिक रूपान्तरणका लागि विभिन्न कार्यक्रमहरूमा सहयोग गर्न कम्पनी तत्पर रहेको कुरा यस कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले जानकारी दिए ।
प्रकाशित: १८ पुस २०८२ १२:५४ शुक्रबार





