१९ मंसिर २०८२ शुक्रबार
image/svg+xml
कर्पोरेट

एनसेलले बढायो निःशुल्क लोकल कल, एसएमएस र इन्टरनेटको समयसीमा

टेलिकम सेवा प्रदायक एनसेलले अस्ति मंगलबारदेखि दिन थालेको निःशुल्क लोकल भ्वाइस, एसएमएस र इन्टरनेट सेवाको समयावधि बढाएको छ ।  

यो सँगै अब एनसेलका ग्राहकले यी निःशुल्क सेवाहरुको फाइदा शुक्रबारसम्म लिन सक्नेछन् ।

हालको विषम परिस्थितिमा आम उपभोक्तालाई देश, विदेशमा रहेका आफन्तजनहरुसँग सम्पर्क निरन्तर कायम राख्न सहजता प्रदान गर्ने उद्देश्यले यी सेवाहरु एनसेलले मंगलबारदेखि दुई दिनका लागि निःशुल्क प्रदान गर्न थालेको थियो ।  

एनसेलले आज बिहीबार आफ्नो आधिकारिक फेसबुक पेज मार्फत यी सेवाहरु एक दिन थप गरिएको जानकारी गराएको हो।  

एनसेलको यो सुविधा अन्तर्गत ग्राहकहरुले बिना कुनै शुल्क लोकल भ्वाइस कल (एनसेल र नेपाल टेलिकम दुवै नेटवर्कमा), इन्टरनेट र एसएमएस सेवा पाउँदै आएका छन् । 

प्रकाशित: २६ भाद्र २०८२ १५:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App