१७ भाद्र २०८३ बुधबार
image/svg+xml
कर्पोरेट

भोटेकोशी बाढी प्रभावितलाई एभरेस्ट बैंक र कर्मचारीबाट राहत सहयोग प्रदान

एभरेस्ट बैंक लिमिटेडले हालै भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनर्स्थापनाका कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले नगद तथा अत्यावश्यक राहत सामग्री सहयोग गरेको छ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत रु. २१,००,०००/- (अक्षरेपी एक्काइस लाख रुपैयाँ) र आफ्ना कर्मचारीहरूको तर्फबाट रु. ६०,५४,६०५/- (अक्षरेपी साठी लाख चौवन्न हजार छ सय पाँच रुपैयाँ) समेत गरी नेपाल सरकारको ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा जम्मा रु. ८१,५४,६०५/- (अक्षरेपी एकासी लाख चौवन्न हजार छ सय पाँच रुपैयाँ) नगद सहयोग उपलब्ध गराएको छ।

नगद आर्थिक सहयोगका साथै एभरेस्ट बैंकका कर्मचारीहरूको सक्रियतामा संकलन गरिएका अत्यावश्यक राहत सामग्रीहरू समेत विपद् प्रभावित क्षेत्रहरूमा पठाउनका लागि सम्बन्धित निकायलाई प्रत्यक्ष रूपमा हस्तान्तरण गरिएको छ।

बैंकले यस प्राकृतिक विपत्तिमा परी ज्यान गुमाउनेहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै यस विपद्को सामना गर्न अग्रपंक्तिमा खटिनुभएका सुरक्षाकर्मी, उद्धारकर्मी, स्थानीय तह, संघ–संस्था तथा सम्पूर्ण सहयोगी हातहरूप्रति हार्दिक आभार व्यक्त गरेको छ।

प्रकाशित: १७ भाद्र २०८३ १४:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App