२४ फाल्गुन २०८२ आइतबार
image/svg+xml
कर्पोरेट

डिजिटल भुक्तानीमा विश्वास बढाउँदै दराज, ४५० प्रतिशत ब्रान्ड वृद्धि

अनलाइन किनमेल गन्तव्य, दराज नेपालले यस वर्षको ११.११ ‘द बिगेस्ट सेल अफ दि ईयर’, ऐतिहासिक नतिजासहित सफलतापूर्वक सम्पन्न गरेको छ। सत प्रतिशत प्रामाणिक ब्रान्डेड उत्पादनहरूका लागि समर्पित प्लेटफर्मको च्यानल, दराजमलमा यस पटक ब्रान्डहरूले ४५० प्रतिशत सम्मको वृद्धि हात पार्न सफल भएका छन् ।  

यसले ग्राहक विश्वास तीव्र गतिमा बढिरहेको स्पष्ट संकेत दिँदै गुणस्तरमा आधारित अनलाइन किनमेलकै नयाँ मानक स्थापित गर्न समेत सफल भएको छ ।

नोभेम्बर १० (राति ८ बजे) देखि नोभेम्बर २१ सम्म चलेको यो अभियानमा उपभोक्ताहरूको अभूतपूर्व संख्यामा सहभागी रहेको थियो । लाखौँ नेपाली उपभोक्ताले भारी छुट, दुई करोड रुपैयाँभन्दा बढी मूल्यका विशेष भाउचर, र विभिन्न श्रेणीमा क्युरेटेड डिलहरूको लाभ पनि उठाउने अवसर पाएका थिए ।  

यस वर्ष डेलिभरी गति, ग्राहक अनुभव, र डिजिटल भुक्तानीमा समेत उल्लेखनीय सुधार प्रस्तुत गर्दै, समग्र बिक्रीमध्ये ४८प्रतिशत हिस्सा पहिलोपटक अनलाइन किनमेल गर्ने ग्राहकले योगदान गरेका छन् । यसले नेपालमा डिजिटल वाणिज्यप्रति नयाँ प्रयोगकर्ताको विश्वास मजबुत हुँदै गएको प्रमाण दिएको छ ।  

ऐतिहासिक ग्रोथ

यस वर्षको दराज ११.११ देशभरका विक्रेताका लागि नै एक ऐतिहासिक वर्षका रुपमा स्थापित भएको छ । ६ हजारभन्दा बढी विक्रेताले गत वर्षको प्रदर्शनलाई पछि पार्दै ११.११ लाई २०२५ कै सर्वाधिक सफल अभियानका रुपमा स्थापित गरेका छन् । उपभोक्तालाई आकर्षित गर्ने प्रमुख ब्रान्डहरूमा अल्टिमा लाइफस्टाइल, ग्रिन लाइफ एक्स्पेरियन्स, मामाअर्थ, द दर्मा को, एईविबी, सेताफिल, म्यामिपोको, मसलब्लेज, एडिदास र क्यासियो रहेका छन् ।  

यस वर्ष तीव्र गतिमा बृद्धि हात पार्न सफल ब्रान्डहरूमा रेडमी, ग्लेन, भिभो, प्यानासोनिक, सीएमएफ, फिलिप्स, सियाओमी, हिमस्टार, भरटेक्स र ग्रिन लाइफ एक्स्पेरियन्सअग्रणी रहेका छन् । तिनले उच्च भिजिबिलिटी सहितका ब्रान्ड मोमेन्टहरूलाई प्रभावकारी रूपमा उपयोग गर्न सफल भएका थिए ।  

साथै, नयाँ तथा उदयिमान ब्रान्डहरूले पनि बलियो उपस्थिति जनाउन सफल भएका छन् । नाइन, प्लम, सेफ्टी, एरके, भ्यासेलिन, प्याराशुट, न्यूलाइट, मार्स, लिभोन र त्रिकाया लगायत ब्रान्डहरूले पहिलोपटक देशव्यापी ध्यान खिच्दै उल्लेखनीय वृद्धि समेत हासिल गरेका छन् ।

११.११ को व्यापारलाई परिभाषित गर्ने श्रेणीहरूमा स्किनकेयर, अडियो, पुरुष फेशन, मोबाइल एक्सेसोरीज, हेयरकेयर, मेकअप, महिला फेशन, ब्यूटी टुल्स, बाथ एन्ड बडी, र मेन्स केयर लगायत रहेका छन् । सबैभन्दा धेरै अर्डर भएका उत्पादनमा इयरबड्स, सनस्क्रिन, मोबाइल फोन, डायपर, ज्याकेट, हेयरकेयर सामान, कम्प्युटर तथा मोबाइल एक्सेसरिज, मेकअप ब्रश, अग्र्यानिक स्किनकेयर, र ट्रिमर सामेल थिए।

प्रिपेड ट्रान्ज्याक्शनमा तिव्र वृद्धि प्रस्तुत गर्दै, नेपालमा क्याशलेस अर्थतन्त्रतर्फको व्यापक झुकावसँगै, यस पटकको ११.११ मा ३५प्रतिशत भन्दा बढी खरिद डिजिटल भुक्तानीमार्फत (वालेट र कार्ड) सम्पन्न भएका थिए । दराज अफिलिएट प्रोग्रामले पनि गत १०.१० को तुलनामा ३ गुणा बढी उत्पादन बिक्री गर्दै क्रिएटर–ड्रिभन कमर्सको प्रभावलाई झनै मजबुत बनाएको थियो ।

ग्राहक अनुभव पनि यो वर्षको केन्द्रमा रह्यो।   अनुकूलित लजिस्टिक नेटवर्कमार्फत सबैभन्दा छिटो अर्डर ६ घन्टामा डेलिभर सम्पन्न गरिएको थियो । त्यसैगरी, सबैभन्दा टाढा डेलिभरी बिराटनगरदेखि भीमदत्तासम्म ९५२ किमि यात्रा पूरा गर्दै गरिएको थियो । यसले दराजको राष्ट्रिय पहुँच अझै बलियो हुँदै गएको प्रमाणपनि प्रस्तुत गरेको छ ।  

मार्केटिङतर्फ, ८०० भन्दा बढी साझेदारहरुले दराज मार्केटिंग सोल्युशन (डीएमएस) सक्रिय गर्दै ४३प्रतिशत सम्मको आरओआई हासिल गर्न सफल भएका छन् । यसले ११.११ लाई ब्रान्ड दृश्यता र कन्भर्जनका लागि अत्यन्त प्रभावकारी क्षण रहेको प्रमाणित गरेको छ ।

‘११.११ ले फेरि पनि डिजिटल वाणिज्यको शक्तिले कसरी नेपाललाई अझ नजिक ल्याउँछ भन्ने प्रमाणित गर्न सफल भएको छ । विक्रेता, ब्रान्ड, र लाखौँ नयाँ तथा पुराना ग्राहकहरु सबैको सक्रिय सहभागिताले यो वर्षको अभियानलाई साँच्चै असाधारण बनायो। हामी नेपाली व्यवसायलाई सबल बनाउन, ग्राहक अनुभवलाई अझ उकास्न, र देशभर विश्वसनीय अनलाइन किनमेल पहुँच विस्तार गर्न पाएकोमा निकै गौरवान्वित छौँ ’, ११.११ले हात पारेको सफलता माथि गर्व गर्दै, दराज नेपालकी प्रबन्ध निर्देशक, आँचल कुँवरले भनिन ।  

ब्रान्ड–नेतृत्वको वृद्धि, डिजिटल भुक्तानीमा तीव्र विस्तार, पहिलोपटक किनमेल गर्ने प्रयोगकर्ताको बढ्दो सहभागिता, र विक्रेताको ऐतिहासिक प्रदर्शनसँगै, दराज ११.११ ले फेरि पनि आफूलाई नेपालकै सबैभन्दा ठूलो र सबैभन्दा विश्वसनीय अनलाइन किनमेल उत्सव भनेर प्रमाणित गरको छ।

सन् २०१५ मा स्थापित दराज, दक्षिण एसियाकै अग्रणी ई–कमर्स प्लेटफर्म हो । यसले पाकिस्तान, बंगलादेश, श्रीलंका, नेपाल र म्यानमारमा आफ्नो सेवा उपलब्ध गराउँदै आइरहेको छ । दराजले ५० करोडभन्दा बढी जनसंख्या भएको क्षेत्रमा अत्याधुनिक प्रविधिको प्रयोगमार्फत बिक्रेता र उपभोक्ताहरूलाई जोड्दै आएको छ । ई–कमर्स, ढुवानी, भुक्तानी तथा वित्तीय सेवाहरू समेट्ने समग्र पूर्वाधारको विकास गर्दै, दराजले दक्षिण एशियाली समुदायलाई व्यापारको शक्तिबाट सशक्त बनाउने उद्देश्य लिएको छ ।

प्रकाशित: १८ मंसिर २०८२ १७:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App