एनआईसी एशिया बैंकका ग्राहकले कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर (केडीसी)मा उपचारमा १५ प्रतिशतसम्म छुट पाउने भएका छन् । एनआईसी एशिया बैंक र केडीसी प्रा.लि.बीच दाँतको उपचार सेवामा विशेष छुट उपलब्ध गराउने विषयमा सोमबार सम्झौता भएको हो ।
यस सम्झौतापछि यस बैंकका ग्राहकले विभिन्न ठाउँमा रहेका कान्तिपुर डेन्टलका शाखाहरुमा दाँत उपचार गरी डिजिटल भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।
ग्राहकले जनरल हस्पिटल सेवाहरु (Lab test, Bed Charge, ICU, Post up Bed Charge) मा १५ प्रतिशत, फिजिओथेरापी तथा आई ग्लास र जनरल डेन्टल सेवाहरु (Dental filling, Dental Scaling, RCT and Extraction ETC) मा १० प्रतिशत छुटका साथै दाँतको विशेष उपचार सेवा (Dental Implants, Veneer, Braces Aligner, Dermatologist) मा ७ प्रतिशत छुट उपभोग गर्न सक्नेछन् ।
यो छुट काठमाडौंस्थित जोरपाटीमा केडीसी एस्थेटिक सेन्टर-कान्तिपुर डेन्टल सेन्टर र पोखरास्थित न्युरोडमा कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्स एण्ड डेन्टल हस्पिटलमा प्राप्त गर्न सक्नेछन् । कान्तिपुर डेन्टर सेन्टरका नाममा काठमाडौंस्थित सतुंगल, चितवनस्थित भतरपुर, बुटबलस्थित भल्वारी तिलोत्तमा उक्त छुट सुविधा उपभोग गर्न सक्ने बैंकले जनाएको छ ।
यस सुविधाको उपभोग गर्न ग्राहकले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक (MoBank) एपमार्फत भुक्तानी गर्नुपर्ने छ । कान्तिपुर डेन्टलसँगको यस सहकार्यले ग्राहकलाई स्वास्थ्य उपचार सेवामा विशेष छुट उपलब्ध हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गर्न सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।
प्रकाशित: १२ श्रावण २०८२ १९:१७ सोमबार



-600x400.jpg)

