१९ चैत्र २०८१ मंगलबार
image/svg+xml १९:४२ अपराह्न
कर्पोरेट

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको खुदनाफा ४ अर्ब ११ करोड रुपैयाँ

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले आर्थिक वर्ष २०८०र८१ को ३८ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

सभाले नियमनकारी निकाय वा कार्यालयबाट कुनै भाषिक संशोधन वा फेरबदल गर्न कुनै निर्देशन वा सुझाव दिएमा सोहीबमोजिम गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने विशेष प्रस्ताव अनुमोदन गरेको छ ।

सभाले संस्थापक समूहबाट ४ जना र सर्वसाधारण समूहबाट २ जना सञ्चालकको निर्वाचन गरेको छ ।

साधारणसभाबाट संस्थापक समूह तर्फबाट पृथ्वीबहादुर पाँडेसहित दिपंकर शाक्य उदय, प्रजन्य राजभण्डारी र मदनकुमार आचार्य निर्विरोध निर्वाचित भएका छन् । सर्वसाधारण शेयरधनी समुहको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालक पदको निर्वाचनमा कविकुमार टिवरेवाला र शालिकराम बेल्बासे निर्वाचित भएका छन्।

आर्थिक वर्ष २०८०-८१ मा बैंक ४ अर्ब ११ करोड रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ । आर्थिक वर्ष २०८०-८१ मा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको कूुल निक्षेप ४६ अर्ब ५८ करोड रुपैयाँले वृद्घि भइ ४ खर्ब ७ अर्ब रुपैयाँ पुगेको छ । त्यसैगरी आर्थिक वर्ष २०८०-८१  को अन्त्यमा बैंकको कूलकर्जा तथा सापटी रकम ६ अर्ब १० करोड रुपैयाँले वृद्घि भइ ३ खर्ब १८ अर्ब रुपैयाँ पुगेको छ ।

अघिल्लो आर्थिक वर्षको अन्त्यमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको कूलकर्जा तथा सापटी रकम ३ खर्ब १२ अर्ब रुपैयाँ रहेको थियो । यस बैंकको चुक्तापूँजी ३४ अर्ब १३ करोड रुपैयाँ र कुल शेयरधनी कोष ६० अर्ब १७ करोड रुपैयाँ पुगेको छ । 

हाल बैंकले २७२ शाखा, २६६ एटिएम, १६ राजश्व संकलन काउन्टर सहित ६५ एक्टेन्सन काउन्टर र ६६ शाखारहित बैंकिङ मापर्mत ३२ लाखभन्दा बढी ग्राहकहरुलाई सेवादिँदै आएको छ । गुणस्तरीय सेवा तथा सुबिधाप्रदान गरेका कारण समीक्षा अवधिमा बैंकले अन्तराष्ट्रिय प्रकाशन–युरोमनीबाट “बेस्ट बैंक २०२३” को उपाधिसमेत प्राप्त गर्न सपmल भएको छ ।

प्रकाशित: १६ फाल्गुन २०८१ १४:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App