५ चैत्र २०८२ बिहीबार
image/svg+xml
कर्पोरेट

प्रत्येक शनिबार एनसेलको फ्ल्यास सेल्स, ग्राहकलाई बोनस

एनसेलले एक विशेष साप्ताहिक फ्ल्यास सेल्स अफर सञ्चालनमा ल्याएको छ । यो योजनाले प्याक लिएर अफरमा सहभागी हुने प्रत्येक ग्राहकलाई प्रत्येक शनिबार डेटा वा भ्वाइस टक टाइम बोनस प्रदान गर्दछ । शनिबारका दिन मात्र उपलब्ध हुने यो अफरले ग्राहकलाई विना कुनै अतिरिक्त शुल्क थप सेवा प्रदान गर्दछ ।

२२ मंसिरदेखि सञ्चालनमा आएको यो अफर १३ पुससम्म लागु हुनेछ । यो अवधिको हरेक शनिबार ग्राहकले सधैं अनका निश्चित प्याकहरू र अनलिमिटेड डेटा प्याकहरूको खरिदमा बोनस डेटा वा भ्वाइस टक टाइमको फाइदा लिन सक्छन् ।

प्याकको आधारमा ग्राहकले १ जीबीदेखि १० जीबी डेटा वा १० देखि १०० मिनेटसम्मको अननेट टक टाइम बोनसको रूपमा प्राप्त गर्दछन् ।

यो अफरको फाइदा लिनको लागि, ग्राहकले आफ्नो डिभाइसमा एनसेल एप रहेको हुनु पर्दछ । यदि एप नभएको खण्डमा डाउनलोड गरी ग्राहकले आफ्नो एनसेल नम्बर प्रयोग गरेर लग इन वा साइन अप गर्नु पर्दछ ।

प्रत्येक शनिबार, ग्राहकहरूले एनसेल एपको फ्ल्यास सेल्स सेक्सनमा गई सधैं अन वा अनलिमिटेड डेटा प्याकहरू खरिद गर्न सक्छन् । खरिद पश्चात तत्काल बोनस डेटा वा टक टाइम प्राप्त गर्न सक्छन् ।

यो अफर सधैं अनका ३ सय ९९ रुपैयाँदेखि ९ सय ९९ रुपैयाँसम्मका प्याक र ५०, १२५ र ९९९ रुपैयाँका अनलिमिटेड डेटा प्याकमा उपलब्ध छन् ।

प्याक सुचारु भएसँगै ग्राहकले बोनस डेटा र टक टाइम प्राप्त गर्दछन् । उदाहरणका लागि ३९९ रुपैयाँको सधैं अन खरिद गर्ने ग्राहकले प्याकमा पाइने ९८ जीबी डेटा, ३९९ मिनेट टक टाइम र ३९ वटा एसएमएस० सेवा बाहेक थप १ जीबी डेटा बोनस स्वरुप प्राप्त गर्दछन् ।

त्यस्तैगरी, अनलिमिटेड डेटा प्याक खरिद गर्ने ग्राहकले पनि बोनस टक टाइम प्राप्त गर्दछन् । जस्तै ३ दिनको समयसीमा रहेको १२५ रुपैयाँ पर्ने अनलिमिटेड डेटा प्याकको खरिदमा ग्राहकले २० मिनेट अननेट टक टाइम बोनस प्राप्त गर्दछन् ।

यो अफरले विना कुनै अतिरिक्त शुल्क थप सेवा बोनसका रूपमा प्रदान गर्ने र ग्राहकलाई डिजिटल बन्न सहयोग गर्ने भएकोले यसले विशेष महत्त्व राख्ने एनसेलले जनाएको छ ।

सधैं अन प्याक खरिद गर्ने ग्राहकले एनसेल एपको माध्यमबाट आफ्नो बाँकी डेटालाई भ्वाइसमा वा बाँकी भ्वाइसलाई डेटासँग साट्न सक्ने विशेष सुविधा पनि प्रदान गर्दै आएको छ ।

प्रकाशित: ३० मंसिर २०८१ १३:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App