नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर १३९ रुपैयाँ ९६ पैसा र बिक्री दर १४० रुपैयाँ ५६ पैसा कायम भएको छ।
युरोपियन युरो एकको खरिद दर १६२ रुपैयाँ ९४ पैसा र बिक्री दर १६३ रुपैयाँ ६४ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिद दर १८८ रुपैयाँ ११ पैसा र बिक्री दर १८८ रुपैयाँ ९२ पैसा, स्विस फ्र्याङ्क एकको खरिद दर १७३ रुपैयाँ २३ पैसा र बिक्री दर १७३ रुपैयाँ ९७ पैसा तोकिएको छ।
अष्ट्रेलियन डलर एकको खरिद दर ९१ रुपैयाँ ३० पैसा र बिक्री दर ९१ रुपैयाँ ६९ पैसा, क्यानेडियन डलर एकको खरिद दर १०१ रुपैयाँ ९३ पैसा र बिक्री दर १०२ रुपैयाँ ३६ पैसा, सिङ्गापुर डलर एकको खरिद दर १०८ रुपैयाँ ९४ पैसा र बिक्री दर १०९ रुपैयाँ ४० पैसा निर्धारण भएको छ।
जापानी येन १० को खरिद दर नौ रुपैयाँ ४७ पैसा र बिक्री दर नौ रुपैयाँ ५१ पैसा, चिनियाँ युआन एकको खरिद दर १९ रुपैयाँ ४८ पैसा र बिक्री दर १९ रुपैयाँ ५७ पैसा, साउदी अरेबियन रियाल एकको खरिद दर ३७ रुपैयाँ २९ पैसा र बिक्री दर ३७ रुपैयाँ ४५ पैसा, कतारी रियाल एकको खरिद दर ३८ रुपैयाँ ४० पैसा र बिक्री दर ३८ रुपैयाँ ५६ पैसा कायम भएको छ।
केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिद दर चार रुपैयाँ ३२ पैसा र बिक्री दर चार रुपैयाँ ३४ पैसा, युएई दिराम एकको खरिद दर ३८ रुपैयाँ ११ पैसा र बिक्री दर ३८ रुपैयाँ ३७ पैसा, मलेसियन रिङ्गेट एकको खरिद दर ३३ रुपैयाँ ०१ पैसा र बिक्री दर ३३ रुपैयाँ १५ पैसा, साउथ कोरियन वन एक सयको खरिद दर १० रुपैयाँ ०६ पैसा र बिक्री दर १० रुपैयाँ ११ पैसा, स्विडिस क्रोनर एकको खरिद दर १४ रुपैयाँ ५८ पैसा र बिक्री दर १४ रुपैयाँ ६४ पैसा र डेनिस क्रोनर एकको खरिद दर २१ रुपैयाँ ८३ पैसा र बिक्री दर २१ रुपैयाँ ९२ पैसा तोकिएको छ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिद दर १७ रुपैयाँ ८३ पैसा र बिक्री दर १७ रुपैयाँ ९१ पैसा, कुवेती दिनार एकको खरिद दर ४५८ रुपैयाँ ०४ पैसा र बिक्री दर ४६० रुपैयाँ ०१ पैसा, बहराइन दिनार एकको खरिद दर ३७१ रुपैयाँ २४ पैसा र बिक्री दर ३७२ रुपैयाँ ८३ पैसा, ओमनी रियाल एकको खरिद दर ३६३ रुपैयाँ ५२ पैसा र बिक्री दर ३६५ रुपैयाँ ०१ पैसा रहेको छ। भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा तोकिएको छ।
राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकता अनुसार जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमयदर फरक हुन सक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको 'वेबसाइट' मा उपलब्ध हुने जनाइएको छ।
प्रकाशित: २४ श्रावण २०८२ ०६:०७ शनिबार





