२२ चैत्र २०८२ आइतबार
image/svg+xml
बजार

आज यस्तो छ सुन र चाँदीको मूल्य

स्थानीय बजारमा साताको पहिलो दिन आइतबार सुन र चाँदीको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ।

यसअघि शुक्रबार पनि सुन सोही मूल्यमा खरिद(बिक्री भएको थियो।

यस्तै, आज चाँदीको मूल्य पनि स्थिर रहँदै प्रतितोला चार हजार ८३० रुपैयाँ कायम भएको छ। महासंघले अन्तर्राष्ट्रिय बजारको मूल्यलाई आधार मानी नेपाली बजारमा दैनिक मूल्य निर्धारण गर्दै आएको छ।

प्रकाशित: २२ चैत्र २०८२ १०:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App