१७ वैशाख २०८३ बिहीबार
image/svg+xml
बजार

बुधबार अमेरिकी डलरको भाउ बढ्यो

नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य बढेको छ। अमेरिकी डलर एकको खरिद दर १४९ रुपैयाँ ३१ पैसा र बिक्री दर १४९ रुपैयाँ ९१ पैसा तोकिएको छ।

यस्तै, युरोपियन युरो एकको खरिद दर १७५ रुपैयाँ ६९ पैसा र बिक्री दर १७६ रुपैयाँ ३९ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिद दर २०१ रुपैयाँ ८४ पैसा र बिक्री दर २०२ रुपैयाँ ६६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिद दर १९१ रुपैयाँ ५३ पैसा र बिक्री दर १९२ रुपैयाँ ३० पैसा कायम गरिएको छ।

अस्ट्रेलियन डलर एकको खरिद दर १०६ रुपैयाँ ९५ पैसा र बिक्री दर १०७ रुपैयाँ ३८ पैसा, क्यानेडियन डलर एकको खरिद दर १०९ रुपैयाँ ३४ पैसा र बिक्री दर १०९ रुपैयाँ ७८ पैसा, सिंगापुर डलर एकको खरिद दर ११७ रुपैयाँ ४२ पैसा र बिक्री दर ११७ रुपैयाँ ९० पैसा तोकिएको छ।

जापानी येन १० को खरिद दर नौ रुपैयाँ ३८ पैसा र बिक्री दर नौ रुपैयाँ ४२ पैसा, चिनियाँ युआन एकको खरिद दर २१ रुपैयाँ ९१ पैसा र बिक्री दर २१ रुपैयाँ ९९ पैसा, साउदी अरेबियन रियाल एकको खरिद दर ३९ रुपैयाँ ८१ पैसा र बिक्री दर ३९ रुपैयाँ ९७ पैसा, कतारी रियाल एकको खरिद दर ४० रुपैयाँ ९६ पैसा र बिक्री दर ४१ रुपैयाँ १२ पैसा कायम भएको छ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिद दर चार रुपैयाँ ६६ पैसा र बिक्री दर चार रुपैयाँ ६८ पैसा, युएई दिराम एकको खरिद दर ४० रुपैयाँ ६५ पैसा र बिक्री दर ४० रुपैयाँ ८१ पैसा, मलेसियन रिंगेट एकको खरिद दर ३७ रुपैयाँ ७९ पैसा र बिक्री दर ३७ रुपैयाँ ९४ पैसा, साउथ कोरियन वन १०० को खरिद दर १० रुपैयाँ १६ पैसा र बिक्री दर १० रुपैयाँ २० पैसा, स्वीडिस क्रोनर एकको खरिद दर १६ रुपैयाँ ३३ पैसा र बिक्री दर १६ रुपैयाँ ३९ पैसा र डेनिस क्रोनर एकको खरिद दर २३ रुपैयाँ ५१ पैसा र बिक्री दर २३ रुपैयाँ ६० पैसा तोकिएको छ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिद दर १९ रुपैयाँ ०७ पैसा र बिक्री दर १९ रुपैयाँ १४ पैसा, कुवेती दिनार एकको खरिद दर ४८७ रुपैयाँ ३८ पैसा र बिक्री दर ४८९ रुपैयाँ ३४ पैसा, बहराइन दिनार एकको खरिद दर ३९५ रुपैयाँ ८९ पैसा र बिक्री दर ३९७ रुपैयाँ ४८ पैसा, ओमनी रियाल एकको खरिद दर ३८७ रुपैयाँ ८१ पैसा र बिक्री दर ३८९ रुपैयाँ ३७ पैसा रहेको छ। यस्तै, भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा तोकिएको छ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुन सक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।

प्रकाशित: ९ वैशाख २०८३ ०६:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App