एमएडब्लू वृद्धि मोटर्सले नामी भिगो ई२ फुल एसयूभीलाई विशेष प्रारम्भिक मूल्य रु. ३५.९९ लाखमा सार्वजनिक गरेको छ। यो विशेष मूल्य नाडा अटो शोको समापनसम्म मात्र लागू हुनेछ। नाडापछि यसको नियमित मूल्य रु. ३७.९९ लाख कायम हुनेछ। थप प्रिमियम फिचर्स चाहने ग्राहकले थप रु. ८ लाखमा भिगो ई२ प्लस रोज्न सक्नेछन्। ई२ प्लसमा मुनरुफ र आर१८ टायर उपलब्ध छन्।
सार्वजनिक समारोहमा एमएडब्लू वृद्धि ग्रुपका अध्यक्ष श्री विष्णुकुमार अग्रवाल, डोङफेङ मोटर कर्पोरेसनकी दक्षिण एसिया क्षेत्रीय प्रबन्धक सुश्री नोएमी, एमएडब्लू वृद्धिका प्रबन्ध निर्देशक श्री विवेक सिकारिया, एमएडब्लू वृद्धिका निर्देशक श्री पार्थ सिकारिया, एमएडब्लू ग्रुपको प्यासेन्जर कार डिभिजनका उपाध्यक्ष श्री सन्दीप चटर्जी तथा एमएडब्लू वृद्धि मोटर्सका प्रमुख कार्यकारी अधिकृत श्री प्रसन्न पन्तको गरिमामय उपस्थिति थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै एमएडब्लू वृद्धि ग्रुपका अध्यक्ष श्री विष्णुकुमार अग्रवालले भन्नुभयो, “भिगो ई२ को संशोधित मूल्यले नयाँ राष्ट्रिय बजेटको सकारात्मक प्रभावलाई प्रतिबिम्बित गर्छ। चुनिएका फिचर्सलाई सोचविचारपूर्वक समायोजन गर्दै हामीले भिगोको स्पेस, क्षमता र आत्मविश्वासलाई यथावत् राखेर फुल एसयूभी अनुभवलाई अझ धेरै नेपाली ग्राहकको पहुँचमा पुर्याएका छौँ।”
सहरभित्रको दैनिक आवतजावत, पारिवारिक यात्रा तथा नेपालभरका लामो दूरीका यात्रालाई ध्यानमा राखेर तयार गरिएको भिगो ई२ ले फुल एसयूभीको प्रभावशाली उपस्थिति, दैनिक उपयोगिता र आत्मविश्वास प्रदान गर्छ। यसको फुल एसयूभी पहिचान तीन प्रमुख आधारमा निर्माण भएको छ: सर्वाधिक स्पेस, सर्वाधिक फिचर्स र उत्कृष्ट पर्फर्मेन्स।
सर्वाधिक स्पेस अन्तर्गत भिगो ई२ मा पाँच जना सहजै बस्न मिल्ने फराकिलो क्याबिन छ, जसले पर्याप्त हेडरुम, शोल्डररुम र लेगरुम प्रदान गर्छ। यसको २,७१५ एमएम ह्विलबेसले यात्रुलाई थप आराम प्रदान गर्छ भने ५७२ लिटरको विशाल बुट स्पेसले पारिवारिक सामान तथा दैनिक आवश्यकताका सामग्री राख्न पर्याप्त ठाउँ उपलब्ध गराउँछ।
सर्वाधिक फिचर्स अन्तर्गत भिगो ई२ मा हिटेड तथा भेन्टिलेटेड सिट, मेमोरी सिट, एक्सटेरियर स्पिकर, नवीन ‘हेभन एन्ड अर्थ टेलगेट’ र डीजीआई–सञ्चालित एडीएएस उपलब्ध छन्। यी फिचर्सले प्रत्येक यात्रालाई थप आरामदायी, सुविधाजनक र आत्मविश्वासी बनाउँछन्।
उत्कृष्ट पर्फर्मेन्स अन्तर्गत भिगो ई२ मा ५१.८७ किलोवाट–आवर क्षमताको ब्याट्री र ९९ किलोवाट मोटर जडान गरिएको छ, जसले डब्लूएलटीपी मापदण्डअनुसार ३५० किलोमिटरसम्मको रेन्ज प्रदान गर्छ। साथै, यसमा १९० एमएम ग्राउन्ड क्लियरेन्स छ र यसले १६७ किलोवाटसम्मको डीसी फास्ट चार्जिङ सपोर्ट गर्छ। यी विशेषताले भिगो ई२ लाई नेपालका विविध सडक तथा ड्राइभिङ अवस्थाका लागि उपयुक्त बनाउँछन्।
भिगोको कथा सार्वजनिक समारोहमा गरिएका दाबीमा मात्र सीमित छैन—यो नेपालका सडकमा पहिल्यै प्रमाणित भइसकेको छ। हाल नेपालभर २,००० भन्दा बढी नामी गाडी सञ्चालनमा छन्। भिगोले मनाङ, मुस्ताङ, शुक्लाफाँटा, सल्लेरीलगायत देशका विभिन्न भूगोल र चुनौतीपूर्ण मार्गमा आफ्नो क्षमता प्रदर्शन गरिसकेको छ।
यी वास्तविक यात्राले नेपालको विविध भू–बनोटमा आत्मविश्वासका साथ प्रदर्शन गर्ने भिगोको क्षमतालाई प्रमाणित गर्दै यसलाई नेपाली चालकको आवश्यकताअनुसार निर्माण गरिएको फुल एसयूभीका रूपमा स्थापित गरेका छन्।
ग्राहकले शोरुम र नाडा अटो शोमा रहेको नामी स्टलमा पुगेर भिगो ई२ को प्रत्यक्ष अनुभव लिनुका साथै विशेष मूल्य रु. ३५.९९ लाखमा आफ्नो फुल एसयूभी बुक गर्न सक्नेछन्। यो विशेष मूल्य नाडा अटो शोको समापनसम्म मात्र लागू हुनेछ। त्यसपछि भिगो ई२ को नियमित मूल्य रु. ३७.९९ लाख कायम हुनेछ।
प्रकाशित: ४ भाद्र २०८३ १६:२७ बिहीबार





